जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुँदै, बिजेतालाई २ लाख नगद

  प्रीतम कुमार तामाङ

काठमाडौं
जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय जहरसिंपौवा युवा क्लबले दशैंको अवसर पारेर सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० गर्न गइरहेको छ। असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म शंकरापुर ३ स्थित जहरसिंपौवा फुटबल मैदानमा प्रतियोगिता हुने क्लबका अध्यक्ष बासु वाइबाले बताउनुभयो।
आयोजक क्लबका अध्यक्ष वाइबाका अनुसार खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी करिब २५ देखि ३० टिमको सहभागिता जनाउने बताए। उनका अनुसार असोज २ गते देखी असोज  १४ गतेसम्म टिम दर्ता गरेको जानकारी दिए ।क्लबले टिम दर्ता शुल्क १५ हजार तोकिएको छ।
पुरस्कार
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। दोस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्नेछन् भनें तेस्रो हुने टिमले ५० हजार नगद एवं मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई १० हजारका दरले नगद तथा प्रमाणपत्रका साथमा मेडल प्रदान गरिनेछ।
खर्च
प्रतियोगितामा करिब २५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ ।

क्लबले स्थापनाकालको छोटो अवधिमा सामाजिक कार्यहरू स्वास्थ्य, सरसफाइ, बृक्षारोपण‚ शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।अध्यक्ष वाइबाले खेलकुदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
युवाहरू शारीरिक तथा मानसिक गुणको विकास एवम् स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराकासाथका प्रतियोगिता आयोजना गर्न लागेको हो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार