नियम नमान्नेलाई कारबाही गर्ने सिन्धु तेक्वान्दो संघको घोषणा

सिन्धु तेक्वान्दो संघको साधरणसभा सम्पन्न, नियम नमान्नेलाई कारबाही गर्न सह-सचिब बस्नेतको नेतृत्वमा अनुगमन समिति गठन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले साधारणसभा सम्पन्न गराउँदै नियम नमान्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार लामोसाँघुमा सम्पन्न भएको संघको विशेष भेलाले यो संगै विविध महत्त्वपूर्ण निर्णयहरु समेत गरिएको छ ।

यसमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डोजाङहरूले संघको विधि, बिधान र नियममा रहेर काम कारबाही गर्नु पर्ने, नयाँ भर्ना र ग्रेडिङको प्रत्येक बिद्यार्थीबाट रू. १ सय जिल्ला कार्यसमितिलाई बुझाउनु पर्ने, अनुगमन समिति गठन गरि संघको विधान बिपरित आफुखुशी गर्ने डोजाङहरूलाई आवश्यक कारबाही गरिने र अनुशासित र उत्कृष्ट खेलाडी उत्पादन गर्ने डोजाङलाई उचित सम्मान र पुरस्कृत गरिने भएको छ ।

अनुगमन समितिमा जिल्ला सह-सचिव कुमार बस्नेतको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । समितिले १५ दिन भित्र जिल्ला भित्रका सबै डोजाङको अनुगमन गरि लेबि नबुझाउने र नाम मात्रैको डोजाङ एवं प्रशिक्षार्थि नभएकाहरू खारेज गरिने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी बलेफी गाउँपालिका वडा नं. ८ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बलेफिमा तेक्वान्दोको लागि सिकाउने हल नभएको जनाए ।गाँउपालिका भित्र तेक्वान्दो खेल खेल्ने भवन बनाउन पहल थालिने र यसै बर्ष जिल्ला प्रतियोगिता गर्न सहयोग गर्ने श्रेष्ठले बताउनु भयो ।

त्यस्तै खेलकुदको बिकासका लागि जति सहयोग गर्न सकिन्छ, जिल्लाका सबै खेलकुद संघ एकै ठाउँ बसेर सिन्धुपाल्चोकलाई खेल र खेलाडीमय बनाउनु पर्ने जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले बताउनुभयो ।

अन्त्यमा कार्यक्रम भव्य बनाई दिएकोमा सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा राम्रो गर्नेलाई पुरस्कृत गर्ने र संघको नियममा नबस्नेलाई कारबाही गरि अघि बढ्ने संघका अध्यक्ष प्रेम भण्डारीले बताउनुभयो । साथै उहाँले साधारणसभाले गरेका निर्णयहरुलाई पुर्ण पालना गरि अगाडि बढ्ने बताउनु भयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार