बलेफीले सुरु गर्यो अपाङ्गता भएकाहरुलाई साबुन बनाउने तालिम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सीप मुलक तालिम अन्तरगत साबुन बनाउने तालिम सुरुवात गरेको छ। सोमबार गाउँपालिका उपाध्यक्षको उपस्थितिमा उक्त कार्यक्रमको विधिवत उद्घाटन गरेका छन्।

समुदायमा आधारित पुनःस्थापन कार्यक्रम (CBR) अन्तरगत बागमती प्रदेशबाट स्थानीय सरकारलाई आएको ३ लाख बजेटबाट सिपमुलक तालिम गरेको उपाध्यक्ष लामाले बताउनुभयो। लामाले भनिन्, ” अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो खाले सीप दिँदा उपलब्धिमुलक हुन्छ भनेंर छलफल पश्चात् साबुन बनाउने तालिम गर्दा उपयुक्त हुने देखिएकोले यो निर्णय गरेको हो।” उनले सहभागीहरुलाई आफ्नो समयलाई भरपुर प्रयोग गरेर सीप सिकेमा आर्थिक रुपमा मात्र नभै व्यक्तित्व समेत विकास हुने भएकोले सफलता पुर्वक सीप सिक्न अनुरोध गर्नुभयो। लामाले साबुन स्थानिय बजारमा बिक्री पनि हुने, आफ्नै घरमा पनि प्रयोग हुने भएकोले यो तालिम निकै प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो।

५ दिन सञ्चालन हुने तालिका प्रशिक्षक भक्त नेपाली हुनुहुन्छ। प्रशिक्षक नेपालीले “हातमा पोस्तक मनमा दशथोक बोकेर कहिल्यै अघि नबढ्ने भएकोले मन लगाएर तालिम सिक्नुपर्ने बताए।

त्यस्तै अपांगता संगठन नेपालको केन्द्रिय अध्यक्ष टिकाराम पराजुलीले समाजमा, परिवारमा अपाङ्गता भएकोहरुलाई स्थापित गराउने मुख्य उद्देश्य यो तालिमको रहेको जनाए। उनले १९६० तिर शारीरिक रुपमा कमजोर हुनेहरुलाई केन्द्रमा राख्ने, उनिहरुलाई सामाजिक, आर्थिक हिसाबले स्थापित गराउन विश्व बैंकको सहयोगमा यो कार्यक्रमको सुरुवात भएको बताए।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार