युवा नेता लामाको जन्मदिनको अवसरमा अनाथलयलाई खाद्यान्न सहयोग

  जन्मभूमि संवाददाता

काठमाडौं
जन्मदिनको अवसर पारेर समाजसेवी, व्यवसायी एवम् युवा नेता थुप्तेन ग्याल्वो लामाले अनाथलयलाई खाद्यान्न सहयोग गर्नुभएको छ। सोही अवसरमा अपाङ्ग, अनाथ एवं द्वन्द्व पीडित बालबालिकाहरुको हेरबिचार गर्ने दुई संस्थालाई सहयोग गरेका हुन्। बुधबार गोकर्णेश्वर स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र शंकरापुर नगरपालिका स्थित सलम्बुटारको द्वन्द्व पीडित एवं अपाङ्ग समाज नेपालमा आश्रीत बालबालिकाहरुलाई आलु, प्याज, चिउरा, बिस्कुट, भुजिया, चाउचाउ, दालमोढ लगायतका तरकारीजन्य एवम् तयारी खाद्यान्न हस्तान्तरण गरेका हुन ।

लामाले जन्मदिन भनेंको विशेष दिन त्यसमा पनि हरेक वर्ष एकपटक आइरहने हुनाले त्यो अवसरमा धेरै खर्च गरेर अनावश्यक खर्च गर्नुको साटो यसरी अनाथ, अपाङ्गहरुलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो। उनले जन्मदिनलाई पुण्य कमाउने दिनको रुपमा लिनुपर्ने बताउनुभयो।

उक्त अवसरमा लामाको जन्मदिन मनाउन आमन्त्रित बरिष्ठ समाजसेवी एवम् पर्यटन व्यवसायी मिङ्मा दोर्जे शेर्पा र महिला व्यवसायी, गितकार एवम् समाजसेवी सत्यकला लामाले समेत सहयोग गर्नुभयो। उहाँहरुले आआफनो तर्फबाट खाद्यान्न सहयोग उपलब्ध गराउनुभएको थियो। कवि एवम् बरिष्ठ पत्रकार सरोज ओझा सहित थुप्चेन ग्याल्वोको परिवारिक सदस्यहरु समेतको उपस्थिती एवं सहयोग तथा समन्वयमा उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा खाद्यान्न मध्ये केही सामाग्री बालबालिकालाई प्रत्यक्ष वितरण गरिएको थियो भने संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका संस्थापक एवम् अध्यक्ष तिल बहादुर कार्की र द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालका संस्थापक एवम् अध्यक्ष युवराज थापालाई हस्ताण्तरण गरिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार