सिन्धुपाल्चोक
तामाङ सेलो गित संगितको बजारमा दिनानुदिन जस्तो सेलो गित बजारमा आउने गर्छन्। त्यस मध्य केहि गित मात्र सुन्दा मनमा आनन्द आउने गर्दछ। त्यस्तै मनलाई आनन्द आउने र नाचौं नाचौं लाग्ने तामाङ सेलो गित निगाले डाँडामा Click Nepal युटुब बाट सार्वजानिक भएको छ।
गायक आस्मान लोप्चन र गायिका बिना घले लोप्चनको स्वरमा रहेको गित सेलो भाकाको गित हो। गायिका बिना घले लोप्चनको प्रस्तुतिमा तयार भएको गितको शब्द आस्मान लोप्चनको , संगित प्रकाश लामाको र संगित संयोजन जोगलाल लामाको रहेको गितको ध्वनि सम्पादन अर्पण थिङले गरेका हुन्। मिन्साङ स्टुडियो र दुबाईको एक स्टुडियोमा रेकर्ड भएको गित प्रयास दोङ र प्रस्थान लामाले रेकर्ड गरेका हुन्।
रोजगारको सिलसिलामा परदेश दुबाई (युएई) पुगेका गायिका बिना घले लोप्चनले अझै गित संगितलाई निरन्तरता दिईरहेका छन्। यो हुनु भनेको गायिकाको गित संगित प्रतिको राम्रै लगाब रहेछ भन्ने बुझिन्छ। दुबाई (युएई)मा हुने विभिन्न संघ संस्थाले आयोजित सांस्कृतिक कार्यक्रमहरुमा गायिका बिनाको प्रस्तुति हुने गर्दछ।
त्यसो त हामिले निगाले डाँडामा सेलो गितको सर्जक गायक आस्मान लोप्चनलाई गितका बारेमा सोधेका थियौं र उहाँ यसो भन्नु हुन्छ – `यो निगाले डाँडामा भन्ने गित ज्योमो आमायाङ्ग्रिको यात्रामा जुरेको गित हो। सेर्माथाङ भन्दा माथितिर पुगेपछि गुरुरिम्पोछेको प्रतिमा भएको ठाउँ आउछ त्यो आस् पासलाई निगाले डाँडा भन्ने रहेछ। जहाँ निगालो नै निगालोको झाङ भेटिन्छ यसरि गितको नामनै निगाले डाँडाँमा भनेर जुरेको हो ‘। यो सिन्धुपाल्चोकको हेलम्बुमा पर्दछ। ज्योमो आमायाङ्ग्रि काठमाडौं बाट नजिकको दुरिमा रहेको पर्यटकिय एवम् धार्मिक स्थल हो। हाइकिङ र ट्रेकिङका लागि राम्रो गन्तब्य मानिन्छ।
यसै गितका गायक एवम् सर्जक आस्मान लोप्चनको यहि साउन १९ गते खान्दोके सेलो विथ लाईभ ब्याण्ड कार्यक्रम दरबारमार्ग किङस् लाउजमा हुदै छ। तामाङ मौलिक भाका खान्दोके सेलोको संरक्षण एवम प्रबर्द्धनको लागि यस कार्यक्रम हुन लागेको आयोजक तिप्लिङ मिडिया हाउसले जानकारि दिएको छ।