ठोकर्पा तेक्वान्दो डोजाङ्गका ६७ जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोशी गाँउपालिका वडा नं. २ ठोकर्पा मा.वि. मा रहेको ठोकर्पा तेक्वान्दो डोजाङ्गमा शनिबार जुनियर ६७ जना खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महतको अध्यक्ष्तामा सुनकोशि गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, नि बर्तमन गाँउपालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)उपाध्यक्ष कान्छि लामा सुनकोशी १ वडा अध्यक्ष कुमार शाहि, सुनकोशी ७ का अध्यक्ष ईश्वर तिम्ल्सिना नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम बहादुर भण्डारी, ठोकर्पा माविका प्र. अ रामचन्द्र पौडेल सुनकोशि २ का अभिभावक जिल्ला संघका सम्पूर्ण टिम लगाएत को उपस्थितमा कार्यक्रम भब्य भएको छ।

कार्यक्रममा गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले खेलाडीलाई शुभकामना दिदै तेक्वान्दो खेल र तेक्वान्दो बिकासका लागि आफू सँधै सकारात्मक रहेको आउदा दिनहरूमा पनि सहयोग गरि रहने तेक्वान्दो आत्मरक्षाका लागि अति आवश्यकता छ।र खेलाडी देशका गहना भएको बताउदै नेपाल तेक्वान्दो संघलाई सधै सहयोग गरि रहने तिमल्सिनाले बताउनु भयो।

ठोकर्पामा मात्र नभए र सुनकोशी भरि नै तेक्वान्दो को बिकास गर्नु पर्ने बताउदै सुनकोशी भरिका मा.विहरूमा प्रशिक्षक खटाए र प्रशिक्षण दिनु पर्ने यसका लागि गाँउपालिकाले पनि पहल कदमि गर्नु पर्ने पुर्व अध्यक्ष जि.सिले जोड दिनु भयो आफू तेक्वान्दो खेलाडि पनि भएको हुदा तेक्वान्दो प्रति माया छ मेरो ठाँउवाट सकेको सहयोग गर्ने बताउनु भयो।

सम्पूर्ण खेलाडीलाई शुभकामना दिदै तेक्वान्दो खेलका लागि आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने बताउदै सुनकोशी को सबै मा.विहरूमा तेक्वान्दो सिकाउन पहल गर्ने उपाध्यक्ष कान्छि लामाले बताउनु भयो।

पाँच बर्ष अघि देखि हामिले धेरै संघर्ष गरे र कवड हल बनायौ आज यो हलमा सयौं वडा का भाइ बहिनिलाई तेक्वान्दो खेल आफ्नो वडामा सिकउन पाउँदा खुसि भएको छु वडाबासीको सपना पूरा भएको पनि कार्यक्रमका सभापति तथा सुनकोशी २ का वडा अध्यक्ष पुर्ण वहाँदुर महतले बताउनु भयो।

ग्रेडिङ्ग कार्यक्रममा जुनियर तेक्वान्दो खेलाडिहरू महिला २९ जन र पुरूष ३८ जना गरि ६७ जना खेलाडीले भाग लियको र तेस मध्ये २ जना उत्कृष्ट महिला तर्फबाट कृतिणा क्षेत्री पुरूष तर्फबाट सागर लामा पुरस्कृत भएको र उक्त ग्रेडिङ्ग परीक्षा जिल्ला अध्यक्ष सिन्धुपाल्चोक तेक्वान्दोका जन्म दाता प्रेम बहादुर भण्डारीले लिनु भएको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार