बागमती प्रदेशमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
केन्द्रमा काँग्रेस एमाले गठबन्धनको नेतृत्वमा सरकार बनेसंगै प्रदेशहरुको नेतृत्व पनि परिवर्तन हुँदै छ। सहमति अनुसार बागमती प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित छ। सोही अनुरुप काँग्रेस संसदीय दलका नेता रहेका बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ। लामाको नेतृत्वमा बागमती सरकार बन्ने पक्का पक्की भएको छ।

प्रदेशमा सरकार चलाउने सम्बन्धमा तीन प्रदेशमा एमाले तीन प्रदेशमा काङ्ग्रेस र मधेस प्रदेशमा मधेस दलले नेतृत्व गर्ने सहमति भएका थिए । सोही अनुरूप बागमतीमा काङ्ग्रेसबाट लामा मुख्यमन्त्री बन्ने पक्का भएका छन्।

यस्तो छ बागमती प्रदेशमा सत्ता समीकरणका लागि सांसदहरुको संख्या;

२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको काँग्रेस यो पटक बागमतीको पहिलो दल हो । ३७ सांसद रहेको काँग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ । राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलो पटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन् ।

बागमतीमा तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेशको कुल जनसङ्ख्याको २०.५४ प्रतिशत तामाङ रहेको यो प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ ।

गत २०७९ को निर्वाचनमा नुवाकोटको प्रतिनीधिसभा २ को ख बाट निर्वाचित लामा काँग्रेस संसदीय दलको नेतामा चयन भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रूपमा परिचित छन् । संसदीय दलको निर्वाचनमा लामासँग पराजित इन्द्र बानियाँले पनि मुख्यमन्त्रीका लागि लबिङ गर्न खोजेका थिए । तर नेतृत्वले अहिले लामाको विकल्प नरहेको जवाफ दिएसँगै बानियाँ पनि लामालाई सफल बनाउने योजनामा छन् ।
आदिवासी जनजाति बाहुल्य बागमतीमा तामाङ समुदायका लामालाई अघि सार्दा आगामी दिनमा हुने चुनावी अभियानमा पनि सहज हुने देउवाको विश्लेषण छ ।
नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित भएका लामा यसअघिका सरकारमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार