हेलम्बु-५ ले जिते गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता – २०७९ को बिजेता हेलम्बु – ५ ले जितेको छ । हेलम्बु – ५ कै जर्सी नं. २ का सुरेश तामाङले म्यान अफ दि म्याचको उपाधी जितेका छन् । न्यु राइजिङ युवा क्लबका अनिश तामाङ सबैभन्दा बढी गोलकर्ता त्यस्तै सुहन तामाङ देविस्थान युवा क्लबले सर्वोत्कृष्ट गोलकिपर भएका छन् ।

फाइनल खेलको प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछाने विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । अध्यक्ष शेर्पाले खेलकुदको क्षेत्रमा हेलम्बुलाई अगाडी बढाउन निरन्तर लागि रहेको जनाउनुभयो । साथै उहाँले हेलम्बुलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । उनले भनें, “हेलम्बु को ३ हजारको उचाईमा त्यस्ता खाले खेल मैदान बनाउन सके बिदेशीहरु समेत तालिमका लागि आउने वातावरण बनाए लाखौं डलर कमाउने थलो हुनेछ ।”

त्यस्तै उपाध्यक्ष लामिछानेले खेलमा हारजित सुनिश्चित हुने हुनाले जसले जितेपनि हेलम्बुले नै जितेकोले निराश नभै अझै खेलमा अघि बढ्नुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रमा उत्थान गर्नका लागि गाउँपालिकाले जस्तो सुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता जनाउनुभयो ।

११ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा आयोजक न्यु राइजिङ युवा क्लबलाई हेलम्बु ५ ले ३-१ को अन्तरले विजयी भएका हुन् । कार्यक्रमको सभापतित्व आयोजक न्यु राइजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङ तामाङले गरेका थिए ।

तामाङका अनुसार प्रतियोगिताले जिल्ला स्तरीय, क्षेत्रीय देखि प्रदेश स्तरीय सम्मको खेलाडी उत्पादनमा सहयोग पुग्ने धारणा राख्नुभयो । उनले हेलम्बु खेलकुदको हव बनाउन गणेशेबगरमा मिनि रंगशाला बनाउनु आवश्यक रहेको जनाए ।

बिजेता टिमलाई विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ । जसमा प्रथम पुरस्कार नगद रु. १ लाख, दृतियले रु. ५० हजार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट किपर, उत्कृष्ट क्लबलाई प्रमाणपत्र, मेडल सहित सम्मान गरिएको छ ।

सोनाम ल्होछारलाई मध्यनजर गर्दै आयोजित यस प्रतियोगितामा आज ख्यती प्राप्त गायक गायिकाहरुले बृहत् सांस्कृतिक कार्यक्रमको मनोरञ्जन दिलाएका थिए । उपस्थित स्थानीयहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार