सिन्धुपाल्चोकमा १ बेलि बृज र झोलुङ्गेपुल बाढीले ब*गायो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आइतबार राती परेको अविरल वर्षातका कारण अरनिको राजमार्ग स्थित खागदलमा रहेको बेलि बृज बगाएको छ। बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने पुल बगाएपछि तातोपानी आउजाउ गर्ने स्थिति नरहेको स्थानीयले जानकारी दिएको छ।

बेलिबृज बाढीले बगाएपछि बन्द भएको राजमार्ग खुलाउन बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत खटिरहेका छन्। बस्नेतको सचिवालयका अनुसार नगरप्रमुख बस्नेत बिहानै देखि जेसिवी लिएर खागदल क्षेत्रमा खटिरहेको बताए। बाढीले केही भौतिक संरचनाहरु समेत बगाएको छ भने हाल सम्म मानवीय क्षती भनें नभएको जानकारी आएको छ।

बाढीले क्षति पुर्याएको खागदल क्षेत्र

पाँचपोखरीमा झोलुङ्गे पुल र खेतीयोग्य जमिन तहसनहस

त्यस्तै उता पाँचपोखरी थाङपाल गाउँपालिकाको लार्के खोलामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले मेलम्ची भोताङ सडक खण्डको वडा नं. १ र २ जोड्ने झोलुङ्गे पुल र तटिय क्षेत्रको खेती योग्य जमिनहरु बगाएको छ। प्राप्त जानकारी अनुसार उक्त क्षेत्रको चिनियापुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम, हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क जस्ता स्थानहरु अत्यन्तै जोखिम रहेको स्थानीयहरुले जानकारी दिएको छ।

बाढीले क्षति पुर्याएको पाँचपोखरी तिपेनि ड्याम क्षेत्र
खेतीयोग्य जमिन तहसनहस

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार