हेलम्बुमा पालिका स्तरीय फुटबल प्रतियोगिता सुरु, ६ गते फाइनल संगै बृहत सांस्कृतिक कार्यक्रम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता – २०७९ आज उद्घाटन भएको छ । वडा – ५ को वडा अध्यक्ष दिप कुमार तामाङको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाअध्यक्ष दावा ग्याल्जेन लामाको विशेष आतिथ्यतामा कार्यक्रमको सुरुवात गरेका छन् ।

११ टिमको सहभागिता रहेको प्रतियोगिताको ६ गते फाइनल खेल संगै बृहत् सांस्कृतिक कार्यक्रम हुने आयोजक न्यु राइजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङ तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । तामाङका अनुसार प्रतियोगितामा विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको जनाउनुभयो । जसमा प्रथम पुरस्कार नगद रु. १ लाख, दृतियले रु. ५० हजार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट किपर, उत्कृष्ट क्लबले पनि प्रमाणपत्र, मेडल सहित सम्मान गरिनेछन् ।

सोनाम ल्होछारलाई मध्यनजर गर्दै आयोजित यस प्रतियोगितामा आज एकै दिन ५ खेल सम्पन्न भएको छ । जसमा न्यु राइजिङ ले हेलम्बु युवा क्लब तिम्बुलाइ ५-१ ले, किउलले न्यु राइजिङ बि लाई २-०, हेलम्बु युवा समाज चनौटेले चुरेटारलाइ २-१, मेन्ज्यु ह्योल्मो युवा क्लवले भिरखर्क लाई ३-१ र हेलम्बु ५ ले पाल्चोकि माइ युसिङलाई १-० ले पराजित गरेको छ ।

प्रतियोगिता संगै स्थानीय चुनाव २०७९ मा निर्वाचित हेलम्बु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरुलाई सम्मान गर्ने क्लबका अध्यक्ष दोङले जानकारी दिनुभएको छ । साथै सांस्कृतिक कार्यक्रमका लागि चर्चित लोक गायक नवराज घोरासैनि, सेलो गायक संजिव वाईबा, हास कलाकार सिबोध गौतम, गायिका संगम लामिछाने, नायिका सुस्मा मोक्तान, गायक संचारकर्मी प्रीतम गोले तामाङ, गायक ॐ वाइबा, मोडल रिया लामा उपस्थित हुनेछन् । फाइनल खेल र बृहत सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन् । साथै कार्यक्रम संचालन भनें नुमा पाख्रीनले गर्नेछिन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार