हेलम्बुमा पालिकास्तरिय फुटबल प्रतियोगिता हुने, बिजेतालाई १ लाखको नगद पुरस्कार

  जन्मभूमि संवाददाता

हेलम्बु, सिन्धुपाल्चोक
हेलम्बु गाउँपालिका वडा – २ स्थित सक्रिय रुपमा रहेको न्यु राईजिङ युवा क्लबको आयोजनामा मिति २०७९ माघ २ गते देखि ६ गतेसम्म हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद ५००००/- रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने न्यु राईजिङ युवा क्लबको अध्यक्ष सुनिल दोङले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा बेस्ट प्लेयरलाई ट्रफी र प्रमाण पत्र पुरस्कार वितरण गर्ने आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई उत्कृष्ट पुरस्कर साथै स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ ।

प्रतियोगिता सञ्चालन गर्नका लागि १० लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक न्यु राईजिङ युवा क्लबले जानकारी दिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार