सुनकोसीमा मुटु परिक्षण शिविर सम्पन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकाेसि गाउँपालिकाको बाग भैरव मा.वि. मा मुटु परिक्षण शिविर सम्पन्न भएको छ। पुर्व गाउँपालिका अध्यक्ष श्रवण कुमार जि.सि (बिनाेद )काे पहलमा अन्नपूर्ण अस्पताल र चीनकाे फुवाई युनान कार्डियाेभास्कुलर हस्पिटलकाे अ‍ायाेजनामा शिविर सम्पन्न भएको तेक्वान्दो गुरु माधव विश्वकर्माले बताए।

उक्त शिविरबाट गाउँपालिका वडा नं. १,२, र ३ का कक्षा १० सम्म अध्ययन गर्ने ६७५ जना विद्यार्थीहरुकाे मुटुकाे परीक्षण गरिएकाे छ। तीमध्ये ३६ जनामा मुटुकाे समस्या देखिएकाे छ। तीमध्ये पनि ५ जनाकाे गम्भीर समस्या देखिएकाे छ। ती ५ जनालाई चीनकाे फुवाई युनान कार्डियाेभास्कुलर हस्पिटल लगेर नि:शुल्क उपचार गरिने अन्नपूर्ण न्यूराे अस्पतालका वरिष्ठ न्यूराेसर्जन वसन्त पन्तले जानकारी दिनुभएकाे छ।
त्यस्तै पुर्व अध्यक्ष जिसिले आफू जनप्रतिनिधि भएको बेला पनि र अहिले नभए पनि शिक्षा र स्वास्थ्य साथ साथै विकासको काममा निरन्तर लागिरहेको बताउनुभयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार