सिन्धुपाल्चोक
आउँदो चैत्र ५ गते सम्पन्न हुन गैरहेको स्ववियु निर्वाचनका लागि जलबिरे भ्याली क्याम्पसमा त्रीपक्षिय विद्यार्थी युनियनहरुको चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। काँग्रेस निकट ने.वि. संघ, माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अखिल विद्यार्थी युनियन बिच प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ।
क्याम्पसमा दर्ता भएको विद्यार्थी युनियनहरु मध्ये ३ संगठनबाट मनोनयन दर्ता शनिबार गरेका छन्। जसमा ने.वि.संघबाट सुदेश ढकालको नेतृत्व मा उम्मेद्बारी दर्ता गरिएका छन् । ढकालको नेतृत्वमा
सचिव सरु थापा, कोषाध्यक्षमा राम बिक लगायत प्रत्यक्ष सदस्यमा स्मृति थापा, सम्झना सुवेदी, प्रिया खत्री र समानुपातिक मा कृष्ण बहादुर श्रेष्ठ लक्ष्मि ढकाल, मुना श्रेष्ठ, सलिना श्रेष्ठ, रुकुमाया भुजेल को समुहले मनोनयन दर्ता गरिएको छ । गत स्ववियु चुनावमा यस क्याम्पसमा एमाले निकट अनेरास्ववियुले चुनाव जितेको थियो।
मनोनयन दर्ता पछि नेविसंघ बाट सभापतिको उमेदवार सुदेश ढकालले आफुले जित्ने दाबी गरेको छ। उनले आफ्नो प्यानललाई त्यहाँ अध्ययनरत विद्यार्थी साथीहरुको शैक्षिक सुधारका लागि जिताउन अपिल गर्नुभएको छ। ढकाल क्याम्पसमा नियमित विद्यार्थी समेत रहेकोले क्याम्पसको वास्तविक समस्या बारे आफू राम्रो जानकार रहेकोले कसैको बहकाउमा नलाग्न उनले त्यहाँका वास्तविक विद्यार्थी साथीहरुमा अपिल रहेको जनाए।
क्याम्पसमा रहेको तमाम समस्याहरु समाधान गर्नका लागि जलबिरे भ्याली क्याम्पसमा नेविसंघ नेतृत्वको स्ववियु जिताउन आवश्यक रहेको नेपाल विद्यार्थी संघ जिल्ला समिती सदस्य अनिश श्रेष्ठले बताउनु भएको छ।
स्ववियु चुनावमा भ्याली क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट अच्युत अधिकारीको टिम उठेका छन् भने अखिल नेपाल विद्यार्थी युनियनबाट दिनेश गोलेको टिमले उम्मेदवारी दिएका छन्।