बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत पाउँलन् ?

  प्रीतम कुमार तामाङ

काठमाडौं
संघमा गत फागुन १३ गतेबाट गठबन्धन भत्किएपछि बागमती प्रदेशबाट पनि काँग्रेस बाहिरिएको थियो। त्यसपछिका ३० दिन भित्र प्रदेश मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार आज प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउँछन् त? भन्ने विषयमा चासो बढेको छ।

यसै प्रयोजनका लागि आज बागमती प्रदेश सचिवालयले दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । ११० सभासदस्यहरु रहेकोमा कम्तीमा ५६ सदस्यको मत मुख्यमन्त्री जम्कट्टेलले पाउनुपर्छ। अन्यथा उनको पद स्वत; रद्द भई अर्को प्रक्रियाबाट प्रदेश सरकार गठन हुनेछन्।

हाल यस प्रदेशमा काँग्रेसको ३७, एमालेको २७, माओवादी २१, राप्रपाका १३, एकीकृत समाजवादी ७, नेपाल मजदुर किसान पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। यो समीकरण हेर्दा माओवादी पार्टीका मुख्यमन्त्री जम्कट्टेलले केन्द्रको गठबन्धन अनुसार एमाले र एकीकृत समाजवादीले समेत समर्थन गर्दा ५५ मत पुगे पनि बहुमत नपुग्ने देखिन्छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार