राजनीतिक यात्रामा निश्कलंक भएर अघि बढिरहेको छु, सुन तस्करीमा प्रमाणित भए झुण्डिन तयार छु – मन्त्री लामा

मेरो लक्ष्य सहितको बाटो स्पष्ट छ, सुनकाण्डमा दोषी प्रमाणित भए झुण्डिन तयार छु- मन्त्री लामा

  प्रीतम कुमार तामाङ

काठमाडौं
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले आफू कुनैपनि पाटोबाट सुन तस्करमा नजोडिएको स्पष्ट पार्नुभएको छ। उनले पटकपटक विभिन्न कार्यक्रमहरुमा पछिल्लो चरण आफ्नो राजनीतिक, नैतिक एवं सामाजिक रुपमा आक्रमण गर्ने दुष्प्रयत्न भैरहेको बताउनुभयो। केहिदिन अघि त्रिभुवन विमानस्थल हुँदै सुन तस्कर गरिएको घटनामा विना आधार, विना प्रमाण केही मिडियाले र व्यक्तिहरुले आफ्नो विरुद्ध गलत अपवाह फैलाइरहेको उनको धारणा छ।

एक टेलिभिजन कार्यक्रममा समेत मन्त्री लामाले यदि सुन तस्करी काण्डमा दोषी प्रमाणित भए जनताकै अगाडी रत्नपार्कमा आफू झुन्डिन तयार रहेको बताएका छन्।

आज नाचघरमा तामाङ चलचित्र ङिङ्जेको विशेष प्रदर्शन कार्यक्रमको प्रमुख अतिथि रहेका उनले सम्बोधनका क्रममा अहिले सम्म इमानदारी पुर्वक जनताको सेवामा लागिरहेको जनाए। बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री हुँदै गर्दा त्यसलाई अप्ठ्यारो पार्न, असफल पार्न खोजिरहेको उनले जनाए। उनले भन्नुभयो, “म आफ्नो लक्ष्य, उद्देश्य र सहि बाटोमा निश्चित अनि स्पष्ट छु, त्यसैले यस्ता गलत प्रयत्नबाट कुनैपनि हालतमा विचलित हुने छैन।”

मन्त्री लामाले बागमती प्रदेशका १३ जिल्लाको १०० स्थानीय तहहरुमा अब सरकारी कामकाजको भाषाको रुपमा तामाङ भाषालाई प्रयोगमा ल्याउन प्रक्रिया अघि बढिसकेको पनि जानकारी दिनुभएको छ। अब केहि समय पश्चात् यो कार्यको थलनी हुने उनले बताउनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार