बागमती प्रदेश र संघीय सरकार चाँडै काँग्रेसको नेतृत्वमा बन्छ; पूर्वमन्त्री बस्नेत

म जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुन दिन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री मोहन बहादुर बस्नेतले बागमती प्रदेश सरकार काँग्रेस कै नेतृत्वमा बन्न सक्ने संकेत गर्नु भएको छ। उनले शनिबार सम्पन्न नेपाली काँग्रेस लिसाङ्खु पाखर गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधनका क्रममा सो कुरा बताउनुभयो। यति मात्र नभै पुर्व मन्त्री बस्नेतले हालको संघीय सरकार समेत बैशाख भन्दा उता नटिक्ने जिकिर गर्नुभयो। उनका अनुसार चाँडै कांग्रेसको नेतृत्वमा बलियो संघीय सरकार बन्ने धारणा प्रस्तुत गरे।

त्यस्तै जिल्लाको सन्दर्भमा आफू जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुन नदिने बताएका छन । १० महिना स्वास्थ्य मन्त्री हुँदा सिन्धुपाल्चोकमा मात्र ३९ वाटा अस्पतालको भवन निर्माणका लागि वजेट व्यवस्था गरेको उनले बताए । ६ महिना सञ्चार मन्त्री हुँदा ३० वटा टेलिफोन टावर निर्माण गरेको पनि उनले बताए ।

पूर्वमन्त्री बस्नेतले पार्टी र जनतालाई फाइदा पुग्ने गरी अघि बढ्न पार्टीभित्रका युवाहरुलाई आग्रह गरे । जनताको सुख दुःखमा साथ दिनुहोस् मन्त्री बस्नेतले भने एकतावद्ध भएर अघि बढ्नुहोस् यो ठाउँको विकासका लागि वजेटको अभाव हुन दिन्न । संघ, प्रदेश र स्थानीय तहमा कांग्रेसले एकलौटी चुनाव जित्ने गरी पार्टी संगठनमा खट्न पनि नेता बस्नेतको आग्रह थियो । नेता बस्नेतले युवाहरुलाई आफू नेताहुने गरी काम गर्न पनि आग्रह गरे ।

पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापाले पार्टीको आधार स्तम्भ भनेको वडा भएकाले आ–आफ्नो वाडको संगठन बलियो बनाउन लाग्न आग्रह गरे ।

वागमती प्रदेशको वन तथा वातावरण पूर्वमन्त्री मसिना खड्का भन्डारीले यस क्षेत्रको विकास र संमृद्धिका लागि आफू ध्यान केन्द्रित गरेर अघि बढेको बताइन ।

गाउँ कार्यसमितिका सभापति जोगलाल जेठा लामाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य विनोद जिसी,रामकुमार थापा,महाधिवेशन प्रतिनिधि राम लामा , युडिर पौडेल ,पार्टी सचिव भक्तभ्वज वोहरा लगायतको उपस्थिति थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार