बलेफीमा अध्यक्षको ज्यादती विरुद्ध ९०% गाउँसभा सदस्यले विशेष अधिवेशनको माग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकामा ९०% गाउँसभा सदस्यले विशेष अधिवेशनको माग गरेको छ । पालिका अध्यक्ष गंगाबहादुर तामाङले ज्यादती गर्दै मुर्खतापुर्ण एकल निर्णय गर्ने क्रम बढेको भन्दै आज गाउँकार्यपालिकाको कार्यालयमा विज्ञप्ति सहित निवेदन पेश गरेको हो । उपाध्यक्ष सरु लामा तामाङको नेतृत्वमा ७ जना निर्वाचित वडा अध्यक्ष सहित ३० जना गाउँसभा सदस्यले संयुक्त रुपमा एक्यवद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष सहित ४२ जना निर्वाचित गाउँसभा सदस्य रहेकोमा ३७ जनाले अध्यक्ष तामाङले गरेको टिके प्रथाको विरुद्ध जाने निर्णय गरेको सहभागी वडा अध्यक्ष तेजबहादुर पराजुलीले बताए ।

गाउँपालिका अध्यक्ष तामाङले गत पुस १८ गते पालिकाभरीका ३२ वटा विद्यालयहरुमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन तथा कार्यविधि, २०७४ (पछिल्लो संशोधन सहित) को परिच्छेद ४ को दफा २१(१) मा व्यवस्था भएको बमोजिम भन्दै विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा फटाफट मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ । तर उक्त विषयमा गाउँ कार्यपालिका बैठक र १२ औं गाउँसभामा समेत कतै प्रस्ताव पेश पनि नभएको र निर्णय पनि नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, “वि.व्य.स. मनोनयन स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म विपरीत रहेकोले मनोनीत गरेका सम्पुर्ण विद्यालयको अध्यक्ष स्वत: खारेज हुने भएकोले पत्र पाएका सम्पुर्णले उक्त पदिय जिम्मेवारीमा रहि कुनैपनि कार्य नगर्न, नगराउन अनुरोध गर्दछौं ।” साथै उक्त संशोधित भनिएको कार्यविधि राजपत्रमा समेत प्रकाशित नभएकोले कानुन विपरीत रहेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्ति यस्तो छ ;

धेरैले उनले गरेको यस कार्यप्रति टिके प्रथाको पुनः सुरुवातको रुपमा लिएका छन् । उनलाई राणा शासनको शासकीय प्रणाली लाद्न खोजेको भन्दै उनको जनहित विपरीतको कार्यशैली तत्काल रोक्न गाउँकार्यपालिका सदस्य र गाउँसभाका ९०% सदस्यहरुले विभिन्न विषयमा तत्काल छलफल गरेर निकासा निकाल्नका लागि निवेदन कार्यालयमा दर्ता गराएका छन् । छलफलका विषयहरुमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९/८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका / गाउँ सभा / पालिका अध्यक्ष / वडा अध्यक्ष / वडा सदस्य / कार्यपालिका सदस्य / कार्यकारी प्रमुख र शाखागत प्रमुखहरुको अधिकार, दायित्व र कर्तव्य सम्बन्धमा, १०+२ सम्मको शिक्षा निशुल्क गर्ने, स्थानीय कर्मचारी र जनप्रतिनिधिको बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विशेष गाउँ सभाको एजेन्डा बनाएका छन् ।

निवेदनमा अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकारको परिधी भन्दा बाहिर गई आफू निकट दल प्रति लक्षित रहि जनप्रतिनिधिको अधिकार र कर्तव्यको मूल्य मान्यतालाई बिर्सेर विधि र विधान लत्याएकोले गाउँसभा सदस्यहरुलाई स्विकार्य नभएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को उपदफा ३ बमोजिम विशेष गाउँ सभा तत्काल बोलाउन माग गरेको हो ।

विशेष अधिवेशनको माग गर्दै निवेदन;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार