भोटेकोसीको बन्यो आफ्नै भव्य प्रशासकीय भवन, मन्त्री बस्नेतद्वारा उद्घाटन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको भोटेकोसी गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरि आज उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको बाहुलीबाट आज भव्य भवनको उद्घाटन गरिएको हो। भोटेकोसी ४ हिन्दीमा निर्माण गरिएको सो भवनको हालसम्मको कुल लागत ६ करोड ८४ लाख ८ हजार ३ सय २६ रहेको निवर्तमान प्रशासकीय प्रमुख भद्रबहादुर बस्नेतले जानकारी दिनुभयो। जसमा जिल्ला समन्वयले भवन निर्माणका लागि १ करोड ९० लाख लागत साझेदारी गरेको सभापति बालकृष्ण श्रेष्ठले बताउनुभयो।

भवनमा हल सहित ३३ वटा प्रशासनिक कोठा उपलब्ध छन् । अत्याधुनिक शौचालय सहितको भवन दुई तल्ला निर्माण गरिएको छ। प्रशासकीय भवन निर्माण पश्चात् गाउँपालिकाले दिने सेवामा अब सुधार हुने अध्यक्ष पासाङनोर्बु शेर्पाको धारणा छ। उनका अनुसार हालसम्म भाडाको घर लिएर कार्यालयको कामकाज सञ्चालन गर्दै आएकोमा अब आफ्नै भवनमा पुग्दो कोठाहरुबाट जनतालाई सेवा दिन सकिने भएकोले सेवा प्रबाहमा निकै सहज हुने बताए।

उपाध्यक्ष दिछेन शेर्पाले भवन निर्माणका लागि पुर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु सबैको उत्तिकै योगदान रहेकोले सबैको खुलेर प्रशंसा गर्नुभयो। उनले भवन मात्र भव्य भएर हैन त्यहाँबाट दिने सेवा उत्कृष्ट हुनुपर्ने बताए। कार्यक्रममा छिमेकी स्थानीय तहका जनप्रतिनिधिहरु बाह्रबिसे नगरमा उपप्रमुख मञ्जु तामाङ, बलेफीका उपाध्यक्ष सरु लामा तामाङ लगायत अतिथिका रुपमा उपस्थित भै वदाई एवं शुभकामना व्यक्त गरेका छन्। भोटेकोसीको लागि भवन निर्माण गरि सम्पन्न गराउनु निकै उत्कृष्ट उपलब्धि मान्नु पर्ने उपाध्यक्ष सरु लामा तामाङको भनाइ छ।

कार्य ब्यस्तताका बाबजुद पनि उपस्थिति हुनुभएका मन्त्री बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ गाउँमा सिंहदरबार नारा सार्थक हुनेगरी भव्य भवन निर्माण गरिएकोमा भोटेकोसी बासी र जनप्रतिनिधि सबैमा आभार व्यक्त गर्नुभयो। उनले चुनावका बेला यो पार्टी, त्यो पार्टी भनें पनि जितिसकेको जनप्रतिनिधिहरुले साझा भएर काम गर्न निर्देशन दिए। मन्त्री बस्नेतले स्थानीय सरकारका नेतृत्वले संधै निष्पक्ष रुपमा सबैलाई समान रुपमा सेवा दिन समेत निर्देशन दिनुभयो।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार