गुट उपगुट अधिवेशनमा हो, अब काँग्रेस एक भएर विकासमा लाग्नुपर्छ – सभापति लामा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सुनकोसी गाउँपालिका कार्यसमितिले प्रथम गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ। गाउँपालिका कार्यसमिति सभापति रुपकाजी लामाको सभापतित्वमा भएको सम्मेलनमा जिल्ला सभापति जंगबहादुर लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए।

जिल्ला सभापति लामाले कार्यक्रमलाई सम्बोधन गर्दै गुट उपगुट भनेंको अधिवेशनमा मात्रै सिमित राख्नु पर्ने धारणा राखे। अब काँग्रेसजन एक भएर विकासको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा लाग्न आग्रह गर्नुभयो। उनले भनें, “काँग्रेस एकमात्र यस्तो पार्टी हो, जसमा महिला, जनजाति, दलित, मुस्लिम, पिछडिएको सबै वर्गको प्रतिनिधित्व गर्छ।” नारामा मात्र नभै व्यवहारमा समेत साँच्चैको समावेशी एक मात्र पार्टी काँग्रेस रहेको उनको जिकिर थियो।

सम्मेलनमा पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार