यहि पुस ९ गते शनिबार जलबिरे प्राथमिक स्वास्थ्यकेन्द्रमा आँखा शिविर हुने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. १ स्थित जलबिरे स्वास्थ्यकेन्द्रमा आँखा शिविर सञ्चालन हुने भएको छ । यहि पुस ९ गते शनिबारका दिन दिउँसो ११ बजेदेखि शिविर सुरु हुने जनाएको छ । जलविरे आसपासका सेवाग्राहीहरुले मौकाको फाइदा उठाउन सकिने आयोजकको भनाइ छ ।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, चौतारा र जलबिरे प्राथमिक स्वास्थ्यकेन्द्रको संयुक्त आयोजनामा शिविर सञ्चालन हुनगैरहेको हो । ४० वर्ष भन्दा माथिका सेवाग्राहीहरुलाई सोही स्थानमै चेकजाँच पश्चात् सुपथ मुल्यमा चस्मा समेत उपलब्ध हुने आयोजकले बताएका छन् । साथै, शिविरमा मोतिविन्दुको समस्या रहेकाहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र चौतारामा माघ ७ र ८ गते शल्यक्रियाको व्यवस्था समेत गरिएको छ ।

सूचना ;

आँखा शिविर सम्बन्धि सूचना

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार