तामाङ घेदुङका महासचिव काजिमान थिङले राजिनामा दिनुको कारण के हो ?

आन्दोलनलाई विषयान्तर गरि दिग्भ्रमित गर्न खोजियो - काजिमान थिङ

  प्रीतम कुमार तामाङ

काठमाडौं
अधिवक्ता भगवती पाण्डे उर्फ शितल काण्डमा पाण्डेलाई भित्री रुपमा साथ दिएको आरोप लागेपछि नेपाल तामाङ घेदुङका संघीय महासचिव काजिमान थिङले राजिनामा दिनुभएको छ। केही समय अघि तामाङ र मगर समुदाय प्रति अपमानित अभिव्यक्ति दिएका पाण्डेलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालहरुमा उनको विरोध भैरहेको छ।

उनलाई एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदमा रहेर विना छलफल आफुखुशी व्यक्तिगत रुपमा उक्त प्रकरणमा सहयोग गरेको आरोप लागेको छ। यसैकारण विवादमा मुछिएपछि उनले घेदुङका संघीय अध्यक्ष मोहन गोले समक्ष राजिनामा बुझाएका हुन्।

थिङले राजिनामा पत्रमा भनेंका छन्, “अभियुक्त पाण्डेलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने, निजको अभिव्यक्तिले चोट पुगेका समुदाय समक्ष सार्वजनिक रुपमा आत्मा आलोचना सहित माफी माग्नु पर्ने विषयहरु व्यापक रुपमा उठिरहेको थियो। कानुन व्यवसायी, सरोकारवाला संघ/संस्था, नागरिक समाज सबैबाट पहलहरु भै नै रहेको थियो। यसैक्रममा अभियुक्त पाण्डे आवद्ध पेशागत संस्था विशेष अदालत बारका अध्यक्षले निज पाण्डेले माफी माग्दा समावेश गर्नुपर्ने समुदायका विषयहरुका सम्बन्धमा म संग चासो व्यक्त गर्नुभएको थियो। त्यही सन्दर्भमा मैले सुझावको रुपमा समुदायको सरोकारका विषयहरु लेखित रुपमा विशेष अदालत बारका अध्यक्षलाई सुझाएको सत्य हो। यस बाहेक म प्रति आरोप लगाएको जस्तो कुनै पनि अन्य गतिविधिमा मेरो संलग्न नरहेको सबैमा स्पष्ट पार्न चाहन्छु।”

साथै महासचिव थिङले आफुलाई लागेको आरोपका विषयहरुमा नेपाल तामाङ घेदुङ लगायत सम्बन्धित पक्षहरुले निष्पक्ष एवं पारदर्शी छानबिनका लागि माग गर्नुभएको छ। उनले सत्य तथ्य बाहिर ल्याउनकै निम्ति पनि सहज वातावरण होस् भन्ने हेतुले उनले राजीनामा दिएको विज्ञप्तिमा प्रष्ट पार्नुभएको छ। तामाङ समुदाय लगायत सबै उत्पीडित समुदायहरुको मुक्ति आन्दोलनमा संधै कृयाशिल रहने प्रतिबद्धता जनाउँदै धमिलो पानीमा माछा मार्न खोज्ने र आन्दोलनलाई विषयान्तर गरि दिग्भ्रमित पार्न खोजिएको उनको गुनासो विज्ञप्तिमा उल्लेख गरिएको छ।

राजिनामा पत्र;

विज्ञप्ति;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार