२६ सुन्दरी मध्ये कसको शिरमा सजिएला मिस तामाङको ताज?

  प्रीतम कुमार तामाङ

काठमाडौं
मिस तामाङ २०२४ को फाइनल यहि फागुन १२ गते शनिबार भृकुटीमण्डप स्थित राष्ट्रिय सभाहलमा सम्पन्न हुँदै छ। २६ जना तामाङ सुन्दरीहरु मध्येबाट १ जना विजेता, १ फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित चाँदीको क्राउनबाट सम्मान हुँदै छ।

फाइनल नजिकिँदै गर्दा को विजेता बन्ला भन्ने विषयमा चासो बढिरहेको छ। २६ प्रतियोगीहरु सबै एकसे एक अब्बल रहेको मिस तामाङ आयोजक मम्स इन्टरनेसनल नेपालको निर्देशक रन्जिता लामा ब्लोनले बताईन्। उनका अनुसार अनलाइन भोटिङ, प्रशिक्षकको भोटिङका आधारमा टप ७ चुन्नेछन्। त्यसपछि भनें फाइनलका दिन प्रश्नोत्तरको सवाल जवाफबाट उत्कृष्ट विजेता छान्नेछन्। प्रशिक्षकको भोट भनें आयोजकले गरिरहेको विभिन्न प्रशिक्षण कक्षाहरुमा उपस्थित अर्थात सहभागी भएको आधारमा, अनुशासित, ट्यालेन्टको आधारमा नंम्बर थप हुनेछन्।

तामाङ कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित १६ औं संस्करण मिस तामाङ २०२४ हुन गइरहेको छ। जसमा प्रतियोगीका रुपमा पेम्बा डोल्मा तामाङ (रसुवा), याङ्शल लामा (ललितपुर), शुभेच्छा लामा स्याङ्बो (पर्सा), सविना तितुङ (मकवानपुर), सृजना स्याङ्तान (सिन्धुली), सरिता तामाङ (ललितपुर), लोरेन योन्जन (धनुषा), पेमा तामाङ (ओखलढुंगा), विष्णुमाय तामाङ (सिन्धुपाल्चोक), विनिता तामाङ (सिन्धुपाल्चोक), कुमारी स्याङ्तान (नुवाकोट), डोल्मा लामा (काभ्रे), रिया लामा (तार्केश्वर), रोश्नी तामाङ (ओखलढुंगा), सोनिया लामा (सिन्धुली), सुस्मा गोले (मकवानपुर), सुनिता तामाङ (धादिङ), मिर्मा तामाङ (झापा), मन्सु लामा (नुवाकोट), सविना मोक्तान (दोलखा), दुइसाङ थिङ (ठमेल), स्मृति योन्जन तामाङ (काभ्रे), अश्मी स्याङ्तान तामाङ (सिन्धुपाल्चोक), अमृता लामा तामाङ (नुवाकोट), ज्योति तामाङ (रामेछाप), स्मारिका तामाङ (सुनसरी) रहेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार