बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तम्बाहरुलाई तीन दिने कार्यशाला गोष्ठी

  जन्मभूमि संवाददाता

काठमाडौं
तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठीको आज उद्घाटन भएको छ । आइतबार गोष्ठीको काठमाडौँको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरिएको हो । गोष्ठीको बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग गरेका हुन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक्ष लामाले बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने कार्य गर्दै आइरहेको बताए ।

तीन दिनसम्म चल्ने गोष्ठीमा तम्बा सम्बन्धी प्रशिक्षण‚ ज्ञान‚ सीप लगायतका विषयमा चर्चा परिचर्चा र साटासाट गरिने आयोजकले जनाएको छ ।
सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तानका अनुसार डा. मुक्तसिंह थोकर र परशुराम तामाङले ‘तामाङ रिमठिम र तम्बाको भूमिका’, बुद्धछिरिङ मोक्तान र धावावाङ्गेल मोक्तानले ‘छेवर–अभ्यास र व्यवहारिक पक्ष साथै विवाहको सैद्धान्तिक पक्ष’ वीरबहादुर घिसिङले ‘तम्बा नृत्य अभ्यास’ र खोजराज गोलेले ‘तामाङ ज्ञान सत्ता र तम्बा’ विषयमा प्रशिक्षण गरिनेछ ।
कार्यक्रममा रामेछाप‚ दोलखा‚ सिन्धुपाल्चोक‚ काभ्रे‚ मकवानपुर‚ सिन्धुली लगायतबाट तम्बाखोरका सदस्यहरू सहभागी भएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार