जेठ ४ मा गोलेहरु डाँडाबास मकवानपुरमा भेला हुने

भेलाको अवसर पारेर गत स्थानीय, प्रदेश र संघको चुनावमा निर्वाचित गोले वंशका जनप्रतिनिधिहरुलाई सम्मान गरिने अध्यक्ष मीन गोले तामाङले बताउनुभयो।

  प्रीतम कुमार तामाङ

काठमाडौं
गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा यहि जेठ ४ गते हुने भएको छ। मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो।

अध्यक्ष गोलेका अनुसार उक्त भेलाको क्रममा गत २०७९ को स्थानीय, प्रदेश र संघको चुनावमा निर्वाचित भएका गोले वंशका दाजुभाई, दिदीबहिनीहरुलाई सम्मान समेत गर्ने भएको छ। जसका लागि सातै प्रदेशबाट प्रदेशको इन्चार्ज, प्रदेश उपाध्यक्षहरु, केन्द्रीय सदस्यहरुले नाम संकलन गरि समाजको म्यासेन्जर, वाट्सएपमा पठाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ। त्यसैगरी उक्त भेलामा गोले वंशका सबैमा उपस्थित भई भव्य बनाउन सबैमा निमन्त्रणा समेत गरेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार