जुगल ३ मा निर्माणाधीन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएपछि !

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं: ३ बोल्दे स्थित निर्माणाधिन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरुले ज्ञापनपत्र बुझाएका छन्। ३५० घरधुरी मध्येको १५० रोपनी खेतीयोग्य जग्गा नष्ट गरिदिएको भन्दै स्थानियले मुआब्जा दिलाउन गत श्रावण ४ गते कम्पनिका साईड इन्चार्ज समय कर्माचार्यलाई भेटी ४ बुँदे माग सहित ज्ञापन- पत्र बुझाएका छन् ।

स्थानियहरुका अनुसार जगत बहादुर तामाङ को ६० भारी मकै,५०/५० भारी कोदो र गहुँ फल्ने ७ रोपनी जग्गा पुर्ण रुपमा क्षती भएको बताए।त्यसैगरी देउ बहादुर तामाङ को ३ ठाउँ गरी १८ रोपनी, कृष्ण तामाङको ४ रोपनी , बिष्णुलाल तामाङ को ३ रोपनी , पुर्ण लामाको ३ कित्ता गरि ८ रोपनी पुर्ण रुपमा क्षती भएको बताएका छन । कम्पनीले स्थानीयहरु सँग गरेको सम्झौता बमोजिम ४ बर्ष बितिसक्दा पनि कुनै क्षतिपूर्ति मुआब्जा नपाएको पिडितहरुको गुनासो छ।

राम्रो उब्जनी हुने बारी नै बाटोमा परिणत गरेदेखी बर्सेनि खाधान्न को अभाव हुने गरेको बताउँछन ८० बर्षिय बिष्णु लाल तामाङ । क्षतिपूर्ति माग गर्न जाँदा उल्टै गाली गरेर पिटेर पठाउने गरेको पीडित हरुको आरोप छ।

स्थानियहरुले ज्ञापन पत्र बुझाउने क्रममा सन्चारकर्मी सँग बताउदै फिल्ड इन्चार्ज कर्माचार्य ले भने, “दाबी गर्न आएको जतिलाई क्षतिपूर्ति दिएका छौँ।” ३५० घरधुरी रहेको बोल्दे बासीको उब्जनी हुने क्षेत्रमा हाईड्रोपावरको पाईप, मोटरबाटो निर्माण गर्ने क्रममा क्षती भएको भन्दै क्षतीपुर्तीको लागि संघर्ष सुरु गर्नुपरेको संघर्ष समितिका अध्यक्ष पासलाल तामाङले बताए ।
त्यसैगरी सिन्धुपाल्चोक का प्रमुख जिल्ला अधिकारी लाई पनि ज्ञापन- पत्र बुझाएका छन।अब क्रमिक रुपमा स्थानिय सरकार लाई पनि बुझाउने योजना रहेको तामाङ ले बताए।
ज्ञापन -पत्र
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं: -३ साबिक गुम्बा गा.बि.स. वडा नं. ५ र ६ मा निर्माणाधिन (७.२७ मेगावाट) क्षमताको याम्बालिङ हाईड्रो पावर प्रा.लि. ले निर्माणको क्रममा कम्पनीको प्रयोजनको लागि मोटरबाटो र पाईपलाईन (पेनस्टक ) बिस्तार गरि स्थानीय बोल्देबासी को १५० रोपनी अति महत्त्वपूर्ण खेतियोग्य जमिन क्षत-बिक्षत तथा तहसनहस गरि निर्माणको अन्तिम चरणमा पुग्दा सम्म पनि स्थानीय बासी तथा जग्गाधनीहरुलाई कुनैपनी मुआब्जा तथा क्षतिपूर्ति नदिई कम्पनीले आफ्नो मनोमानी र जबर्जस्ति ढंगले स्थानीयको सहमती बिना नै जथाभावी ब्लाष्टिङ,ब्रेकर तथा स्काभेटर प्रयोग गरि प्रकृती,वातावरण तथा जैबिक बिबिधता माथी नै गम्भीर क्षति पुर्याई जिवजन्तु,बन्यजन्तु र मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरि बोल्देबासी ३५० घरधुरीका मानिसहरुको जनजिवन तथा दिनचर्यामा तत्कालिन असरहरु देखिन थालेको र यस्ले दीर्घकालीन रुपमा समेत नकारात्मक प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
यस याम्बालिङ हाइड्रोपावर कम्पनीका संचालक समितिले आफ्नो मनोमानी ढंगले केही स्थानीय हरुलाई गलत प्रलोभनमा पारी स्थानिय हरुको लिखित तथा मौखिक अनुरोध लाई समेत बेवास्ता गरि उल्टै धाकधम्की,डरत्रास देखाई सत्ता र शक्तीको आडमा झुटो मुद्दा दर्ता गराई पक्राउ पुर्जि समेत जारी गरि मानसिक यातना दिई दु:ख दिने गरेको छ।
तसर्थ यस याम्बालिङ हाईड्रोपावर कम्पनी द्वारा सृजित समस्याहरु जस्तै गास,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगार र विद्युतमा समेत कुनैपनी सहयोग नगरेको हुनाले मिति २०८० साउन २५ गतेका दिन स्थानीय जनप्रतिनिधि वडा सदस्य अभिशाप तामाङको रोहवरमा स्थानीय जग्गा पिडितहरुको उपस्थितीमा सामुहिक बैठक बसी याम्बालिङ हाईड्रोपावरलाई निम्न मागहरु बेवास्ता गरि जबर्जस्ती एकलौटी ढंगले कार्य गरेमा यसबाट उत्पन्न हुने परिस्थिति हरुको जिम्मेवारी कम्पनी स्वयंले लिनुपर्नेछ ।
मागहरु :-
१. स्थानियहरुको अचल सम्पत्तीको लालपुर्जा राखी अनिवार्य २५% (पच्चिस प्रतिशत ) शेयर दिनुपर्ने । २.क्षती भएको जग्गाको मुआब्जा दिनुपर्ने ।
३. पुन: आर्थिक लेखा परिक्षण सार्वजनिक गर्नुपर्ने । ४. वातावरणिय प्रभाव मुल्यांकन (EIA) मस्यौदा प्रतिवेदनको पुन: सार्वजनिक सुनुवाइ गर्नुपर्ने ।
याम्बालिङ हाईड्रोपावर संघर्ष समिती संयोजक पासलाल तामाङ ९८६०४५५३११
मिति :- २०८० भदौ २ गते शनिबार

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार