जुगल ३ बोल्देका रामलाल पोखरामा मृत फेला, आफ्नै साथीले हत्या गरेको हुन सक्ने आशंका

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल ३ बोल्दे गाउँको ३१ वर्षे रामलाल तामाङ कास्की जिल्लाको माधे गाउँपालिका १ स्थित सिक्लेस भन्ने स्थानमा मृत फेला परेको छ। पारिवारिक श्रोतका अनुसार तामाङ मेलम्ची हुँदै कास्कीमा निर्माणाधीन जिरो हाइड्रोपावरमा काम गर्न जाने भनि त्यस तर्फ गएको बताए।

गत चैत्र १ गतेदेखि सम्पर्क विहिन भएको उनको हिजो चैत्र ३ गते लाश फेला परेको हो। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। थापाका अनुसार उनि संगै आएका ३ जना सम्पर्कमा नआएको र उनिहरुको पहिचान गर्ने कार्य भैरहेको जनाए।

मृतकलाई पोस्टमार्टमका लागि गण्डकी अस्पताल राखिएको छ। अहिले मृतकको परिवार त्यस तर्फ गइरहेको जानकारी आएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार