काठमाडौं
आम निर्वाचन २०७९ मा विजयी भएका प्रतिनिधि सभा सदस्यहरुलाई सपथ खुवाउने मिति तय भएको छ । यहि पौष ७ गते बिहिवारका दिन प्रतिनिधि सभा कक्ष अन्तरास्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो ठिक १ बजेका लागि तयारी सम्पन्न भएको संघिय संसद सचिवालयले जनाएको छ ।
विजयी सदस्यहरुले निर्वाचित भएको निर्वाचन आयोगद्वारा प्राप्त प्रमाणपत्रको सक्कल सहित फोटोकपी एक प्रति, नेपाली नागरिकताको प्रतिलिपी तथा २ प्रति पासपोर्ट साइजको फोटो २ घण्टा अगावै अर्थात दिउँसो ११ बजे नै उपलब्ध गराउन सुचित गरिएको छ । त्यस्तै सचिवालयले सपथ कार्यक्रममा आउने सम्पुर्ण सदस्यहरुलाई नेपाली पोसाक र आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन पनि माननीयहरुमा अनुरोध गरेका छन् ।
यस्तो छ सूचना !