काठमाडौं
शुक्रवार भक्तपुरमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन तथा निर्वाचन परिचालन भेला सम्पन्न भएको छ । सो अधिबेशनबाट प्रदेशको नेतृत्व समेत चयन गरिएको छ । जसबाट युथ फोर्स बिभाग प्रमुखमा सुरेन विक्रम योन्जन र उपप्रमुखमा सुमित जंग कार्की चयन भएका छन् ।
योन्जन र कार्की पार्टीमा जुझारु युवा नेताको रुपमा परिचीत छन् । योन्जन सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन् भनें कार्की भक्तपुरबाट । विभिन्न विपद, बाढिपहिरो लगायतमा योन्जनले सहयोग गर्दै आएका सामाजिक व्यक्तित्व समेत हुन् ।
उक्त भेलाको प्रमुख अतिथीका रुपमा पार्टी महासचिव शंकर पोखरेल र विशेष अतिथी पोलिटव्युरो सदस्य एवं इन्चार्ज महेश बस्नेत उपस्थित हुनुभएको थियो ।