वडा अध्यक्षका उम्मेदवार दिप भन्छन्, “नयाँ सोच र भिजन मेरो गाउँमै पोख्न चहान्छु”

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
युवा समाजसेवी एवं व्यवसायी दिपकुमार तामाङ हेलम्बु गाउँ पालिका वडा नं. ५ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । चुनाव नजिकिँदै गर्दाउनी अहिले प्रचारप्रसारमा निकै व्यस्त देखिन्छन् ।

तामाङले परिवर्तन केन्द्रबाट होइन आफ्नै गाउँबाट सुरु गर्ने प्रतिबद्धता जनाउँदै घरघर पुग्ने अभियानमा छ । सामाजिक रुपान्तरणको यात्रा टुप्पोबाट नभई फेदबाटै सुरु गर्नुपर्ने उहाँको भनाई छ । “नयाँ सोच अनुभव र भिजन लिएर आफ्नै गाउँ टोल घुम्दै छु यो मेरो भिजन मेरै गाउँ टोलमै पोख्ने वाचा गर्दैछु ”उहाँले भन्नुभयो ।

हेलम्बु ५ नं. वडा लाई समुन्नत र सपनाको ठाउँ बनाउन रुख चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजय गराउन उहाँले वडाका सम्पुर्ण वडावासीहरुमा आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका क्षेत्रिय सह सचिव समेत रहेका तामाङले समाजसेवालाई निरन्तरता दिने प्रण गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार