काठमाडौं
जुम्ला जिल्ला प्रदेश सभा “ख” स्थित कानकासुन्दरी गाउँ पालिका वडा नं.- ६ का मणिराज हमालले वडा अध्यक्षमा उम्मेदवारी दावी गरेका छन् । हमालले नेपाली काँग्रेसका तर्फबाट सो वडामा आफ्नो दावी रहेको बताएका हुन् ।
उनी १६ वर्ष देखि नेपाली काँग्रेसको कृयाशिल सदस्य छन् । कानकासुन्दरी विद्यालयबाट ने.वि. संघ अध्यक्ष हुँदै राजनीतिमा लागेका युवा नेता हमाल निरन्तर काँग्रेस राजनीतिमा हुनुहुन्छ ।
हमालले आफ्नो उम्मेदवारी सुशासन, विकास र अनुशासित समाज निर्माणका लागि रहेको बताउनुहुन्छ ।