इन्द्रावतीको भव्य प्रशासनिक भवन र रंगशाला गगन थापाले उद्घाटन गर्ने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, नवलपुर
सिन्धुपाल्चोक इन्द्रावती गाउँ पालिकाको भव्य प्रशासनिक भवन र रंगशाला नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थितिमा उद्घाटन हुने भएको छ । यहि १९ गते हुने उक्त कार्यक्रममा थापा प्रमुख अतिथिको रुपमा आउनुहुने गाउँ पालिका श्रोतले जनाएका हुन् ।

यहाँको भवन देखेपछि कतिपयले “गाउँ गाउँमा सिंहदरबार” भन्ने नारा व्यवहारमा सफल भएको टिप्पणी गर्दै आएको छ । सो भवन निर्माणका लागि जिल्ला समन्वय समिती सिन्धुपाल्चोक र इन्द्रावती गाउँ पालिकाको संयुक्त लगानी रहेको छ । त्यस्तै रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालय तथा गाउँ पालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका थिए ।                                                                                                                          इन्द्रावतीको भवन आकर्षक मात्र नभै स्मार्ट सर्भिस समेत उपलब्ध छन् । यो पालिका कार्यसम्पादनमा समेत सिन्धुपाल्चोकको मात्र नभै लगभग देशैभरको गाउँ पालिका मध्ये उत्कृष्टको रुपमा चिनीसकेका छन् ।                           

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार