यहि १४ गते प्रवासी गोलक युवा समूह उद्घाटन तथा विद्यालयलाई ट्र्याकसुट वितरण हुँदै

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला जुगल ७ स्थित कलंसा आधाभुत विद्यालयमा प्रवासी गोलक समूह उद्घाटन तथा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण हुने भएको छ । यहि चैत १४ गतेका दिन हुनगैरहेको सो कार्यक्रममा युवा नेता बिनोद तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ ।

आफ्नो स्थानीय ठाउँलाई सामाजिक, आर्थिक, शैक्षिक रुपमा केही सहयोग पुर्याउने उद्देश्यका साथ यो समुहको स्थापना गरिएको सचिब प्रविन गोलेले बताउनुभयो । उनका अनुसार प्रवासमा र नेपालमै रहनुभएका सामाजिक सोच भएका युवाहरुको समूह बनाई एकतामा केन्द्रित गर्दै जाने योजना रहेको समेत सुनाए । साथै सो उद्घाटन कार्यक्रममा पायक पर्ने सबैमा उपस्थितको लागि आह्वान गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार