चुनावमा अन्तर्घात गर्नेलाई तुरुन्तै अनुशासनको कारबाही हुन्छ – सभापति जंग बहादुर लामा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा आज बधाई शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । पालिका सभापति रामकुमार तामाङको सभापतित्वमा तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एवं जिल्ला सभापति जंग बहादुर लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हजारौं संख्यामा बलेफि पालिका भित्रका एमाले लगायत अन्य विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश भएका छन् । नव प्रवेशीहरुलाई पुर्व मन्त्री एवं केन्द्रिय सदस्य बस्नेत र सभापति लामाले खादा र अबिर लगाई भव्य स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामाले अब आउने चुनावमा कोहि कसैले काँग्रेस भएर काँग्रेसलाई नै अन्तर्घात गरेमा अनुशासनको कारबाही ठाउँको ठाउँ गर्ने बताउनुभयो । उनले यसका लागि तत्कालै अनुशासन समिती गठन गर्ने तयारी गर्नुभएको जानकारी दिनुभयो । यस समितिले पार्टी भित्र बसेर पार्टीकै विरुद्ध लेख्ने, बोल्ने र चुनावमा समेत अर्को पार्टीलाई भोट हालेर जिताउनेहरुलाई सचेत गराउँदै अनुशासित पार्टी निर्माण गर्न काम गर्ने बताउनुभयो । लामाले पार्टी प्रवेशीहरु तर्फ इंगित गर्दै अब सिन्धुपाल्चोकमा काँग्रेस नं. १ पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । जुन कुराको सन्देश बलेफी गाउँ पालिकाका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा प्रवेश भएको जनलहरले स्पष्ट पारेकोले सबैलाई प्रजातान्त्रिक, विकासप्रेमी पार्टीमा आवद्ध हुन आह्वान समेत गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार