काठमाडौंमा काँग्रेस कमजोर भए ७७ जिल्लाको काँग्रेस कमजोर हुन्छ ; केन्द्रिय सदस्य बस्नेत

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचन सफल पारौं “घर घर जाऔं, काँग्रेस जिताऔं” विशेष बैठक  समुद्घाटन गरेका छन् । बैठकमा पार्टीको केन्द्रिय प्रतिनिधि लगायत बागमती प्रदेशबाट काठमाडौंमा खटिनुभएका प्रतिनिधिहरुलाई स्वागत एवं कार्यतालिका, कार्यबिभाजनका लागि छलफल भएको हो ।

बैठक जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा तथा नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमिति ज्ञानेश्वरमा सम्पन्न बैठकमा जिल्लाका १० निर्वाचन क्षेत्र, २० प्रदेश, ११ नगरपालिका र १ महानगरका नेतृत्व गर्दै पदाधिकारीहरु उपस्थित हुनुभएको थियो ।

काठमाडौंका लागि केन्द्रिय प्रतिनिधिको रुपमा नेता बस्नेत खटिनुभएको छ । उहाँले सो बैठकमा बोल्नुहुँदै काठमाडौंको काँग्रेस कमजोर भए ७७ जिल्लाको काँग्रेस कमजोर हुने र बलियो भए ७७ जिल्लाकै काँग्रेस बलियो हुने तर्क प्रस्तुत गर्नुभयो । १ महिना चल्ने स्थानीय निर्वाचन अभियानमा विभिन्न रणनीति सहित घर घर जाने सन्दर्भ सहित भर्खरै सम्पन्न पार्टीको १४ औं अधिवेशनका असन्तुष्ट पक्षलाई एकतामा बाँध्ने काम समेत रहेको बताउनुभयो ।

सो बैठकमा विशेष गरि उपस्थितहरुबाट निर्वाचनमा दिईने जनप्रतिनिधिको टिकट ढिलाईले गर्दा तयारीमा समय अपुग हुने कारणले हार व्योहोर्नुपर्ने भएको गुनासो राखे । सो गुनासोको प्रतिउत्तर स्वरूप बस्नेतले यदि टिकट मात्र अगाडी फिक्स गरेर नहुने बताउनुभयो । उनका अनुसार संगठन बलियो भए जनप्रतिनिधिका लागि एक से एक जो सुकै उठाएपनी पार्टीले जित्ने पक्का रहेको दावी गर्नुभयो । यदि संगठन नै राम्रो नभए कसैले समय मात्र भएर पनि नजित्ने बताउनुभयो ।

हिजोबाट सुरु भएको चुनावी अभियान जिल्लाका १३८ वडा सहित क्षेत्र, पालिका सम्म विभिन्न कार्यक्रम गर्दै समापन गर्ने जिल्ला सभापति  बानियाँ बताउनुभयो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार