मेरो खुट्टाको अप्रेसन दोहोर्‍याउन मिल्छ, चुनाव दोहोर्‍याउन मिल्दैन, खटेर लाग्नुस् ; पुर्व मन्त्री बस्नेत

इकाई कार्यसमितिबाट सर्वसम्मत भएर जित्ने उम्मेदवार आउनुस् ; नेता बस्नेत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, लामोसाँघु
“पहिला जनता बचाऔं राजनिति पछि गरौला” भन्ने नाराका साथ निरन्तर जनप्रीय काममा खटिरहनुभएका पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा आज नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा “ख” को आयोजनामा नि:शुल्क स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बलेफी गाउँ पालिका ८ लामोसाँघुमा भएको हो । उहाँ आफ्नै खुट्टा भाँचेर प्लास्टर गरेको अवस्थामा पार्टीको कार्यक्रममा उपस्थित भैरहेका छन् ।

यस्तो अवस्थामा उपस्थित उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो; “मेरो खुट्टाको अप्रेसन दोहोर्‍याएर गर्न मिल्छ तर चुनाव हारे दोहोर्‍याउन मिल्दैन, त्यसैले अब नजिकिँदै गरेको चुनावी अभियानमा सबै खटेर लाग्नुस्, जनताको समस्या घरघरमा पुगेर बुझ्नुस् र सके पूरा गराउनुस् नसके पार्टीमा कुरा राख्नुस् सबै मिलेर हल गर्न तर्फ लाग्नुस् ।” त्यतिले नि नसके म छु ।

नेता बस्नेतले आफु बिरामि हुँदा उपचार गर्न जति सहज छ सामान्य जनता बिरामि हुँदा उपचार गर्न कयौं गुणा कठिन रहेको बताउनुभयो । अहिले कोरोनाको तेस्रो लहर चलिरहेको र जनताले सिटामोल समेत पाउन नसकेको अवस्थामा उहाँको पहलमा वितरण भएको मास्क र सिटामोल लिएर टोलटोलमा जान सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै नेता बस्नेतले अबको चुनावमा उम्मेदवारी टिकट आफुले बाँड्ने नभै इकाई देखि सिफारिस भएर आएको व्यक्तिले पाउने स्पष्ट पार्नुभयो । “जसले जनताको दुख , पिडामा काम गरेको छ उसले टिकट पाउँछ र जित्नुपनी पर्यो” भन्नू भयो । आफुले स्थानीय चुनावमा जोसुकैले टिकट पाएपनि वडा वडामा पुगेर गर्नुपर्ने सहयोगको लागि तयार रहेको पनि सुनाए । जसका लागि इकाई कमिटीलाई तयारी अवस्थामा रहन निर्देशित गर्नुभएको छ ।

कार्यक्रममा माओवादी र नेकपा एमाले पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरुलाई काँग्रेसमा स्वागत समेत गर्नुभएको छ । नव प्रवेशीहरुलाई पुर्व मन्त्री बस्नेत सहित पुर्व गृह राज्य मन्त्री विष्णु बिक्रम थापा र नेता मिनकृष्ण महर्जन लगायतले अविर र खादा लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा सुनकोसी गाउँ पालिका, बलेफी र जुगल गाउँ पालिकाका सभापतिहरुलाई स्वास्थ्य सामग्री जिम्मा लगाएका छन् । जसमा जुगललाई २५ हजार ३४२ पिस मास्क, बलेफीलाई २० हजार ८ सय ६७ र सुनकोसीलाई १९ हजार ४ सय ९६ पिस मास्क हस्तान्तरण गरिएको छ । प्रत्येक पालिकालाई ६४०० पिसका दरले सिटामोल पनि हस्तान्तरण गरेका छन् । यी सामाग्रीहरु प्रत्येक विद्यालयको विद्यार्थी र घरघरमा पुर्याउन गाउँ पालिका कार्यसमितिलाई निर्देशन दिएको प्रदेश कार्यसमितिका सभापति देवेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार