तामाङ पत्रकार संघ बागमती प्रदेशको नेतृत्व अर्जुन पाख्रीनलाई

काठमाडौं
तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा अर्जुन पाख्रीन चयन भएको छ । संघको काठमाडौमा भएको प्रदेश स्तरीय प्रथम भेलाले पाख्रीनको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चुनिएका छन् ।

उक्त भेलाले समितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, महिला उपाध्यक्ष शान्ती तामाङ थिङ, सचीव जगत मान तामाङ, सहसचीव जुनु घ्लान र कोषाध्यक्षको लागि पछी निर्णय गरिने भएको छ । त्यसै गरि समितिको सदस्यहरुमा क्रमश :मानकाजि तामाङ, काठमाडौ, मायालु लामा काभ्रे, पेमा लामा दोलखा, निशा मोक्तान, रामेछाप, अमर लामा मकवानपुर, दिपेन्द्र थिङ चितवन, बिजय मोलान सिन्धुली, सन्दीप तामाङ धादिङ, करन तामाङ नुवाकोट, बुद्धराम तामाङ ललितपुर, सरु लामा तामाङ सिन्धुपाल्चोक र सरिना तामाङ भक्तपुर बाट चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा
बागमती प्रदेशका उपसभामुख राधिका तामाङ उपस्थित हुनुभएको थियो । तामाङले सभालाई सम्बोधन गर्दै बागमती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले यसमा बन्ने संस्था बलियो हुने बताइन् । उनले तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि सङ्घले विशेष भूमिका खेल्नुपर्ने बताइन् ।

उपसभामुख तामाङ भनिन्, ‘हालै भइरहेको जनगणनामा बाहिरीभन्दा भित्री कुरामा बढी संवेदनशील नभएको देखियो। जनगणनामा सबैको वास्तविक आउनुपर्नेमा नआएकोमा चिन्ता छ ।’

कार्यक्रमको सभाध्यक्ष प्रदेश संयोजक डोल्मा मनान्थेङले गर्नुभएको थियो । उहाँले यस वर्षबाट बागमती प्रदेशले नयाँ कार्यसमिति पाउँदै बागमतीमा पत्रकारहरूको मुद्दा उठाउने बताइन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार