तराना कला केन्द्रद्वारा ३ दिने फोहोरमैला ब्यवस्थापन तालिम एवं देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाडौं
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा ३ दिने फोहोरमैला ब्यवस्थापन तथा जनचेतना अभिवृद्धि (अभिमुखिकरण) तालिम समापन भएको छ । कार्यक्रममा तराना कला केन्द्रको बृहत् देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम समेत भएको हो । वडा अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा अन्य जनप्रतिनिधिहरु समेत उपस्थित हुनुभएको थियो ।

तराना महिला बिकास समितीद्वारा सन्चालन गरिएको तालिमको प्रशिक्षण उत्तम पुडासैनीले दिएका हुन् । यस समितिको अध्यक्ष बसन्ती लामा हुन् । प्रशिक्षणमा ७० जना महिला प्रशिक्षित भएको लामाले जानकारी दिनुभयो ।

समितिमा ९२ जना सदस्य रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । वडाभित्रका सम्पुर्ण महिलालाई एकातृत बनाउँदै जाने उहाँको भनाइ थियो । “सडकमा आन्दोलन हैन अब सरसफाइ गरौं” हामी सबै टोलटोलबाट सफाईमा लागिपरे शहर सफा हुन समय नै लाग्दैन, लामाले बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार