काठमाडौं
उदाउँदो युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी लाल काजी तामाङलाई नेपाली काँग्रेस तरुण बिभाग बाग्मति प्रदेश सदस्यमा मनोनीत गरेका छन् । तामाङ सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ का ईकाई तथा नेपाली काँग्रेस सिन्धु काठमाडौं समितिका कोषाध्यक्ष समेत हुनुहुन्छ ।
उहाँ कोभिड १९ र बाढीपहिरो पीडितहरुको सहयोगमा अहोरात्र खटिँदै आउनुभएको छ । विपन्न अनि अप्ठ्यारोमा परेकालाई खाद्यान्न तथा कोभिडका बेला स्वास्थ्य सामाग्री वितरण कार्यमा आफुले सकेको सहयोग गर्न पछि नहट्ने तामाङले अर्को विशेष जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । उनले आफुले पाएको जिम्मेवारीलाई सफलता पुर्वक निर्वाह गर्ने बताउनुभएको छ ।