ह्योल्मो युवा संघका अध्यक्ष निमाको संयोजकत्वमा हेलम्बुमा राहत वितरण

  सरु लामा तामाङ

हेलम्बु
ह्योल्मो युवा संघका अध्यक्ष निमा ल्ह्योल्मोको सक्रियतामा हेलम्बुमा राहत वितरण गरिएको छ । ह्योल्मो लोटस होटल ट्रेनिङ सेन्टरका सन्चालक एवं हेलम्बुकै वासिन्दा समेत हुन् । उनको नेतृत्वमा आज हेलम्बु भीषण बाढीका कारण विस्थापित ५० परिवारलाई ५० प्रेसर कुकर, ८ बण्डल जस्ता पाता र हेलम्बु सामुदायिक अस्पताललाई २ सय पिस सेनिटरी प्याड वितरण गरिएको हो ।

सामाजिक अभियान्ता ह्याेल्माेले बाढिकाे दाेश्राे दिनदेखि २३ औं दिन सम्म  हेलम्बुका पिडितहरुको माेबाइलमा व्यालेन्सका कारण सम्पर्क विहिन नहाेस भनी ई-सेवा मार्फत करिब रु.१५ ,०००/- काे रिचार्ज सेवा समेत दिएकाे उनले जानकारि दिए । 
वि.पी  अध्ययन प्रतिष्ठान नेपाल , सिन्धुपाल्चोकका काेषाध्यक्ष निमा ह्याेल्माे हाल सामाजिक र राजनितिक दुवै क्षेत्रमा कृयशिल छन् ।  यस अभियानमा देश तथा विदेशबाट सहयाेग गर्ने  सम्पुर्णलाई उनले धन्यवाद दिनुभएको छ ।

हेलम्बु-मेलम्चीमा गत असाढ १ गते आएकाे विनाशकारि बाढिका कारण यो क्षेत्र निकै प्रभावित बनेको छ । जसले गर्दा सयौं विस्थापित भएका छन् । काठमाडौंबासीको खानेपानीकाे मुख्य श्राेत समेत रहेकाे हेलम्बुले थुप्रै खेति याेग्य जमिन र धेरै संख्यामा मानविय क्षति समेत व्यहाेर्नु परेकाे थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार