जुगल ७ याङ्लाकोटमा माथीबाट पहिरो झर्न थालेपछि स्थानीय त्रासमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
वर्षातको सुरुआत देखि नै यस वर्ष ठूलो धनजनको नाश हुने गरि बाढी पहिरोले वितण्ड मच्चाईरहेको छ । असार १ कै दिन हेलम्बु मेलम्ची क्षेत्रमा आएको भीषण बाढिले गरिएको मानवीय र भौतिक क्षतिको एकिन सम्म गर्न सकेको छैन ।

यस्तैमा सिन्धुपाल्चोकको जुगल गाउँ पालिका ७ याङ्लाकोटमा घर माथीबाट पहिरो झर्न थालेपछि घर छाड्न बाध्य भएका छन् । जलदेवी पहिरोस्थलबाट लेदो सहितको फोहोर बगेर आएको कारण ६०/७० धुरी गाउँले स्वच्छ खानेपानीबाट बन्चित भएको जानकारी स्थानीय युवा रवि लामाले दिए । “२०७२ सालको महाभुकम्प पश्चात् जमिन कमजोर भै बस्ती जोखिममा रहेकोले वर्षेनी वर्षा याममा झै यसपटक पनि जलदेवी मन्दिर वरिपरि घर भएको गाउँले त्रासले बस्न बाध्य भएको छ ” लामा सुनाउँछन् ।

अर्का स्थानीय युवा रामचन्द्र घिसिङले स्थानीय जोखिम मोलेर बसिरहेको भएपनि कुनै निकायबाट पहिरो रोकथामका लागि पहल नभएको गुनासो पोखाए । उनले तत्काल सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको र पहिरोको माथिल्लो भागमा जलदेवी माध्यमिक विद्यालाय र निर्माणधिन याङ्खार गुम्बा, तल याङलाकोट बस्ती अति जोखिममा अवस्थामा रहेको हुँदा भोलि गएर गाउँलेको धनजनको क्षति हुन गएमा कुन निकाय जवाफदेही हुने भन्दै प्रश्न गर्छन् । समय हुँदा नै भोलिको दिनमा आउने जोखिमलाई मध्यनजर गरी कुन निकायले कस्तो कदम चाल्न सकिन्छ भन्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्” घिसिङको अनुरोध छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार