तरुण नेता लामाले हेलम्बुमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च व्योहोर्ने

सिन्धुपाल्चोक
तरुण युवा नेता थुप्तेन ग्याल्बो लामाले हेलम्बुको भीषण बाढीमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च ब्योहोर्ने बताउनुभयो । गाउँ पालिका उपप्रमुखको विशेष उपस्थितिमा लामाले बालकको भविष्यको बारे चिन्त जनाउँदै यदि स्थानीय सरकारले शिक्षाको जिम्मा नलिए वा कोहि दाता मार्फतबाट पढाउन चाहेमा आफुले कक्षा १२ सम्मको पढाईका लागि लाग्ने शैक्षिक खर्च ब्योहोर्ने वचन दिनुभयो ।

बिहीवार हेलम्बु २ गणेशेबगरमा पुगि उहाँले सो बालकलाई नगद रु. १० हजार सहित चामल, साबुन, तेल, मास्क समेत उपलब्ध गराएको हो ।

यसको साथ साथै गणेशेबगरमा अस्थायी आवासमा बसिरहेका बाढी पिडित ५ सुत्केरी महिलालाई ब्लान्केट, चामल, तेल, सेनिटरी प्याड र मास्क वितरण गरिएको छ । साथै हेलम्बु चालिसेका ८ घरपरिवारलाई ग्यास, चुल्हो सेट, खाद्यान्न सेट, सेनिटरी प्याड र मास्क हस्तान्तरण गर्नुभयो । करिब ४ लाख बराबरको राहतका लागि विभिन्न दानी व्यक्तित्वहरुको सहयोग रहेको लामाले बताए । सहयोगी दानी व्यक्तित्वहरुमा कार्मु ओमु योल्मो हेलम्बु, इचोक १२५ युरो, निमु ओमु योल्मो हेलम्बु पाओ गुम्बा ७५ युरो, साम्बा ओमु योल्मो हेलम्बु, इचोक ५० युरो, आङ निमा लामा भोजपुर १० युरो, कुसाङ शेर्पा सोलु टाक्सिन्दु ४० युरो गरि जम्मा नेपाली रु ४१,३५०/- एकचालीस हजार तीन सय पचास र हङकङबाट राखी लुङ्बाको नेतृत्वमा रु. ४० हजार उपलब्ध भएको लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । यति मात्र नभै स्वदेशमै रहेका इष्टमित्रहरुले पनि सहयोग गर्नुभएको थियो । यसरी सहयोगी मनहरु प्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा यस्तै सहयोगको अपेक्षा गरेको छ” लामाले बताउनुभयो ।

प्रत्यक्ष पीडित बस्ती मै पुगेर उहाँहरुको पीडा सुन्दा मन थाम्नै गाह्रो भएको लामा बताउनुहुन्छ । “भीषण बाढीले कतिको पीडित बनाएको छ भन्ने नजिकबाट बुझ्न पाएको छ; लामाले सुनाए । अझै दाताहरुले हेलम्बु पीडितका लागि सकेको सहयोग गर्ने चाहाना व्यक्त गरिरहेकोले आगामी दिनमा आवश्यक सामाग्री जुटाउने कोशिसमा रहेको उनले बताए ।

यस अघि पनि उहाँको समन्वयमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन टिमबाट मेलम्चीमा १२ लाख बराबरको खाद्यान्न र हेलम्बु गणेशेबगरमा करिब ४ लाख बराबरको खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार