एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं
नेपाल पत्रकार महासंघद्वारा आयोजित ७ दिने आधारभुत पत्रकारिता तालिम आज शनिबार एक कार्यक्रम गर्दै समापन गरिएको छ। तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको हो ।

महासंघको आयोजना तथा युरोपियन युनियन र ईन्टरनेशनल अर्लटको आर्थिक सहयोगमा सो तालिम गरिएको हो । आज समापन भएको कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, प्रशिक्षक संगिता खड्का र कायर्क्रमको प्रवन्धक संघर्ष पन्त उपस्थित थियोे ।

यो तालिम गत भाद्र २७ बाट सुरु भएर असोज २ गते सम्पन्न भएको हो । यस तालिममा पत्रकारिता मापदण्ड, पत्रकारको आधारभुत गुण, क्षमता बिकास, समाचार लेखन शैली, अन्तर्वार्ता लिँदा ध्यान दिनुपर्ने कुराहरु, फिचर लेखन, मिडियाको परिभाषा, खोज पत्रकारिता, पत्रकार आचारसंहिता जस्ता विषयमा नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा प्रेस काउन्सिल नेपालका पुर्व सदस्य सङ्गिता खड्काले प्रशिक्षण दिनु भएको थियोे ।

४० जना प्रशिक्षार्थीले लिएको तालिममा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रवन्धक पन्तले बताउनुभयो । आधारभुत तालिम लिएका प्रशिक्षार्थीहरुलाई आगामी दिनमा खोज पत्रकारिता सम्बन्धि तालिममा सहभागी गराइने पनि उहाँले जानकारी दिनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार