द बर्गर हाउस एण्ड क्रन्ची फ्राइद्वारा हेलम्बुवासीलाई राहत

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
द बर्गर हाउस एन्ड क्रन्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव रहेकोले खाद्य सामग्री प्रदान गरेका हुन् ।

मेलम्ची हुँदै हेलम्बु जाने बाटो बाढीले बगाएपछि त्यहाँका पीडित परिवारहरू सम्म राहत नपुगेको खबर पाएपछि राहत सामग्रीसहित तत्काल गएको बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिए ।

संस्थापक लामाले दिएको जानकारी अनुसार १ सय बोरा चामल‚ तेल, चाउचाउ‚ साबुन‚ त्रिपाल‚ जिरा स्पाइस‚ चिल्ली स्पाइस‚ टरमिक स्पाइस, सोलार प्यानल लगायतका सामग्री प्रदान गरेका हुन् ।

बर्गर हाउसकै अर्का सन्चालक थुप्तेन लामाका अनुसार करिब बर्गर हाउसबाट २ लाख २४ हजार ६ सय ८ र सर्लाहीका अभियन्ता सन्जीव मोक्तानबाट २ लाख ७१ हजार ६ सय ९० गरी ५ लाख ३४ हजार ३ सय ८ रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको जानकारी दिए ।

यसअघि बर्गर हाउसले करिब १२ लाखको राहत मेलम्चीका बाढी पीडितलाई प्रदान गरिसकेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार