उपत्यकामा १ हप्ता निषेधाज्ञा थप, यस अवधीमा खुला गरिएको प्रावधानहरु यस्तो छ

  प्रीतम कुमार तामाङ

काठमाडौं
गत बैशाख १६ देखि जारी उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । आउँदो मंगलबार देखि केहि प्रावधानमा निषेधाज्ञा खुकुलो बनाउने भएको हो ।

उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार साँझ बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय सँगै प्रावधानहरु खुकुलो बनाएका हुन । सन्चालन गर्न पाइने पेशा व्यवसायहरु यस्ता छन् ;

संचालन गर्न सकिने कार्यहरुः 

१. सर्वसाधारणको आवतजावतको हकमाः

क . घरबाट बाहिर निस्किदा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने ।अनिवार्य रुपले मास्कको प्रयोग गर्ने । पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने ।

२. शैक्षिक संस्था , कृषि , उद्योग तथा निर्माण कार्यको हकमाः क . शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठन पाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

ख . वैदेशिक अध्ययनमा जानु पर्ने विद्यार्थीहरु , EDV परेका व्यक्ति तथा कुटनैतिक नियोगबाट संचालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी संचालन गर्न सक्ने ।

ग . उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य संचालन गर्दा कामदारहरु कार्यस्थलमा रहने गरी स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने ।

३. औषधी तथा स्वास्थ्य सामग्री , अत्यावश्यक खाद्य सामग्री तथा अन्य व्यापार व्यवसायको हकमाः

क . औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने ।

ख . खाद्यान्न , दुध तथा दुग्ध जन्य पदार्थ , फलफूल , तरकारी , माछा मासु , पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु , खेलकुद सामग्री पसल , डिपार्टमेन्टल स्टोर ( ग्रोसरी मात्र ) , स्टेशनरी / पुस्तक पसलहरु बिहान ११ बजेसम्म संचालन गर्न पाउने ।

ग . डिपार्टमेन्टल स्टोल ( ग्रोसरी बाहेक ) , सपिङ्ग मल र खेलकुद सामग्री पसल , कपडा , जुत्ता , फेन्सी , कस्मेटिक , साडी , गिफ्ट आइटम , टेलरिङ्ग सोमबार , बुधबार र शुक्रबार बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन गर्ने ।

घ . सुन पसल , भाँडा , भान्सा जन्य , विद्युतीय घरायसी सामग्री , अटोमोबाइल शोरुम , अटोमोबाइल पार्टस् पसल , इलेक्ट्रोनिक पसल ( मोबाइल तथा कम्प्यूटर पसल ) आइतबार , मंगलबार र बिहीबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन गर्ने ।

ङ . निर्माणजन्य सामग्रीको पसल ( हार्डवेयर पसल , बिजुलीका सामान , स्यानिटरी पसल , टायल , मार्बल , फर्निचर , काटिङ्ग ) दैनिक बिहान ११ बजे देखि अपरान्ह ६ बजेसम्म संचालन गर्न पाउने ।ठूलो परिमाणको ढुवानी राति मात्र गर्ने ।

च . पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने , अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने ।

छ . अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र मात्र साँझ ७:०० बजेसम्म संचालन गर्ने ।

ज . सवारी साधन मर्मतका लागि वर्कशपहरु बेलुका ७:०० बजे सम्म संचालन गर्ने ।

४. विवाह तथा व्रतबन्धको हकमाः

क.विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने ।

ख.विवाह वा व्रतबन्धको हकमा २ वटा सवारी साधन ( बेहुला बेहुली समेत ) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।

५. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमाः

क . अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स , खानेपानी , विद्युत मर्मत सम्भार , स्वास्थ्य सम्बद्ध ( औषधी , अक्सिजन सिलिण्डर ) , दूरसंचार , इन्टरनेट मर्मत , कार्गो , कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधनहरुमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्ने ।

ख . स्वास्थ्यकर्मी , पशुस्वास्थ्यकर्मी , एम्बुलेन्स , बिरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी परिचय पत्रका आधारमा संचालन गर्ने ।

ग . निजी सवारी साधन ( कार , जीप , भ्यानमा बढीमा चारजना ) , ट्याक्सीमा बढीमा तीनजना र मोटरसाइकल / स्कुटी जोर बिजोर प्रणाली लागू ( जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर ) गरी संचालन गर्ने ।

घ . सरकारी , सार्वजनिक संस्थान , कुटनीतिक नियोग , सुरक्षा निकाय , स्वास्थ्यकर्मी , कृषि , मल , बिउ विजन , पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्बाध रुपले संचालन गर्ने ।

ङ . तरकारी , फलफूल , खाद्यान्न , दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री , कुखुराको दाना , चल्ला र पशुपंछीजन्य पदार्थ , भेटनरी सम्बन्धी कार्य , ईन्धन , खाना पकाउने ग्यास , सरसफाईमा प्रयोग गरिने मास्क / साबुन / स्यानिटाइजर , प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल , वीउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०८:०० बजे देखि बिहान ११:०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्ने ।

च . सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजे देखि बिहान ५ बजे सम्म संचालन गर्ने ।

छ . भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न पाउने ।

ज . विदेश जाने यात्रुहरुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट , पासपोर्ट , भिसा आदिका आधारमा जिल्ला प्रवेश गर्न दिइने ।

झ . पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जवित गर्ने । सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी / कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सकिने ।

६. सरकारी कार्यालय , बैंक तथा वित्तीय संस्थाको हकमाः

क . विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने ।

ख . बैंक , वित्तिय संस्था , धितोपत्र , बीमा , रेमिट , सहकारी , गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी संचालन गर्ने ।

७. यस अघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गरिएको ।

८. उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यसको अवज्ञा गर्नेलाई कोभिड -१ ९ संकट व्यवस्थापन अध्यादेश , २०७८ अनुसार कारवाही गरिनेछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार