क्षतविक्षत हेलम्बुको चनौटेका बाढि पीडितलाई एभर ग्रीन युवा नेपालको खाद्यान्न सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गत असार १ गते आएको भिषण बाढीका कारण हेलम्बुमा सबै भन्दा बढी क्षति पुग्यो । तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतको खोला किनारका अर्बौं बराबरको भौतिक संरचना, खेतीयोग्य जमिन र माछा फार्म बगरमा परिणत भए । सयौं विस्थापितहरु यतिबेला कष्टकर दैनिकी बिताइरहेका छन् ।

यस्तैमा सामाजिक क्षेत्रमा काम गर्दै आएका एभर ग्रीन युवा नेपालले हेलम्बु चनौटेका करिब १०० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार संस्थाका अध्यक्ष निमा लामाको नेतृत्वमा हेलम्बुमा खाद्यान्न वितरण गरिएको हो ।

अध्यक्ष लामाका अनुसार एभर ग्रीन युवा नेपाल सामाजिक भावनाले उत्प्रेरित युवाहरुको समूह रहेको बताए । “हाम्रो टिममा केही सदस्य आफ्नै घरमा १ बोरा चामल खाँचो भएको समेत हुनुहुन्छ, तर आफ्नो घरमा लानुपर्ने १ बोरा चामल अहिले ठूलो विपत्ति खेपेर घरबार विहिन हेलम्बुका विस्थापितलाई सहयोग गर्नु भएको छ” लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । उनका अनुसार १०० बोरा चामल कसैबाट आर्थिक सहयोग नउठाई सबै संस्थाकै सदस्यहरुबाट उपलब्ध गराएको बताए ।

यस टिमले लकडाउनको समयमा काठमाडौ बालाजुमा खाना नपाएका हरुलाइ नि:शुल्क खाना खुवाउने काम पनि गर्दै आइरहेको थियो । कुनै पनि राजनैतिक दलसँग आवद्ध नरहेका युवाहरू मिलेर बनेको एभर ग्रीन युवा नेपाल टिमले आफू आफू नै सकेको  रकम संकलन गरेर सामाजिक कार्य गर्दै आइरहेका छन ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार