पत्रकार तामाङ माथी आक्रमण गर्नेलाई कानुनी कारबाही र क्षतिपूर्ति दिलाउन प्रेस युनियनको माग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सोमबार काठमाडौं हुँदै हेलम्बुमा रिपोर्टिङका लागि जाँदै गर्दा जन्मभूमि पोष्टका सन्चालक/पत्रकार प्रीतम गोले तामाङ माथी मेलम्चीका केही अराजक व्यक्तिहरुबाट एक्कासि आक्रामण गरि क्यामेरामा क्षति पुर्याएको छ । तामाङ प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला सदस्य समेत हुन् । घटनामा तामाङको देब्रो खुट्टामा चोट पुगेको छ भनें क्यामेराको लेन्स क्षति भएको छ र ब्याट्री लगायत अन्य सामाग्री हराएको छ ।

तामाङका अनुसार आफू लगायत अन्य अग्रजहरुको पहलमा हेलम्बु बाढि पीडितका लागि आवश्यक राहत लिएर गैरहेको बेला मेलम्ची बजार नपुग्दै बाटो अवरुद्ध भएको देखेपछि गाडीबाट निस्की के भएको होला भनेंर भिड तर्फ जाने क्रममा सो भिडबाट एक युवक अराजक शैलीमा क्यामेरा खोसेर भुइँमा पछार्दै अन्यलाई पनि आक्रमण गराउन उत्तेजित पारेपछि करिब ५० जनाको जत्थाले आफुमाथी हातपात अनि आक्रमण गरेको बताए । पछि ड्युटीमा खटिएका प्रहरीले जोगाउँदै क्षति भएको क्यामेरा फिर्ता गराएको जनाए ।

उनले सुनाए “म गत १ गते हेलम्बु मेलम्ची क्षेत्रमा गएको भीषण बाढीको समचार सम्प्रेषणमा दिनरात खटेर रिपोर्टिङ गरिरहेको छु, सत्य तथ्य समचार सम्प्रेषण गर्न पाउनु हाम्रो अधिकार हो । भीषण बाढीले हेलम्बु मेलम्ची बासीलाई पुगेको क्षति र विस्थापित पिडितहरुको लागि राहत दिलाउन समेत पहल गर्दै आईरहेको छु तर म माथी अराजक केही मेलम्चीबासी बाटै एक्कासि आक्रमण गर्नु अति निन्दनीय कार्य र प्रेस स्वतन्त्रता माथीको ठाडो हस्तक्षेप भएको छ । आज मलाई यस्तो घटना घट्यो, भोलि अरु माथी पनि यस्तै घटना नघट्ला भन्ने कुनै आधार छैन ।” तामाङ बताउँछन् । आफू संधै हरेक पीडितको पक्षमा कलम चलाउँदै आएकोमा आफू माथी आफ्नै जिल्लाबासीबाट नसोचेको अकल्पनीय घटना घटाएको प्रति अत्यन्तै दुखी र पीडा बोध भैरहेको उनले सुनाए ।

यसरी जन्मभूमिकर्मी तामाङ माथी भएको घटना प्रती घोर आपत्ति जनाउँदै प्रेस युनियन सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै दोषी माथी कडा कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ” हाम्रा सहमती, असहमती र पीडालाई राज्यसमक्ष पुर्‍याउने सशक्त माध्यम सञ्चारकर्मी नै हुन् । अहिले बाढीपहिरो क्षेत्रमा मुलुकभरका सञ्चारकर्मीको आँखा परेकाले नै राज्यका सवै निकायलाई पनि एक प्रकारको दबाब परेको छ । अहिले सञ्चारकर्मीहरु धरै प्रकारका समस्या भोग्दै बाढीपहिरो क्षेत्रमा खटिरहेका छन् । यसै सिलसिलामा जन्मभुमि पोष्टका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य प्रितम गोलेमाथि सोमबार मेलम्चीमा दुर्व्यवहार भएको घटनाले हामीलाई गम्भिर बनाएको छ । गोलेले आफूलाई कुटपिट गरेको र क्यामेरा तोडफोड गरेको बताएका छन् । यस्ता घटनाले सञ्चारकर्मी हतोत्साही हुने मात्र होइन सही सूचना प्रबाहमा समेत अबरोध सिर्जना गर्दछ । सार्वजनिक स्थलमा भएका घटनाको सूचना संकलन गर्न पाउनु सञ्चारकर्मीलाई संविधानले दिएको अधिकार हो । कुन घटना समाचार हो, कुन होइन सञ्चारकर्मी आफैंले बुझ्ने विषय हो । तर सार्वजानिक स्थलमा भएका गतिविधिलाई लुकाउन खोज्दा तत्कालका लागि ठिक लागेपनि यो प्रवृत्तिको रुपमा विकास हुने खतरा रहन्छ । हो, पक्रकारले समाजको संवेदनशिलता र व्यत्तिगत पीडालाई सोही अनुसार बुझ्नुपर्छ । तर सूचना संकलन मै बन्देज लगाउने र हातपात गर्ने संस्कृतिको विकास गर्न खोज्नुलाई उचित भन्न सकिँदैन । तसर्थ गोलेमाथि भएको कुटपिट र सञ्चार साधनको तोडफोडको घटना छानबिनको माग गर्दछौं । बाढीपहिरोग्रस्त क्षेत्रको सूचना संकलन गर्न रातदिन खटिरहेका कुनै पनि सञ्चारकर्मीमाथि यस प्रकारको व्यवहार हुनु सञ्चारजगत असुरक्षित हुनु हो । डर, त्रास र सेल्फ–सेन्सरसीपको मनस्थितिमा सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । तसर्थ गोलेमाथिको घटनाको वास्तविकता सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न र सञ्चारसाधन तोडफोडको क्षतिपूर्ति दिलाउन प्रेस युनियन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछ । साथै यस्ता घटना दोहोरिन नदिने परिस्थिति बनाई बाढीग्रस्त क्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिन्छ । ”

प्रेस विज्ञप्तिको पुर्ण पाठ ;
बाढीपहिरोका कारण अहिले सिन्धुपाल्चोकको तातोपानीदेखि हेलम्बुका बासिन्दा आक्रान्त छन् । विशेषगरी मेलम्चीदेखि हेलम्बुसम्म करिव १८ किमि क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिले हामी सवै चिन्तित छौं । यो प्राकृतिक विपत्तिले निम्त्याएको संकटले हामी ज्यादै अप्ठेरोमा छौं । संकट मत्थर नहु“दै सोमबार मेलम्चीका युवक धर्मराज दुलालको करेन्ट लागेर निधन भएको घटनाले अर्को पीडा थपिएको छ ।
प्राकृतिक विपत्ति र कतिपय दुर्घटना हाम्रो बहस बाहिरका विषय हुन् । यस्ता घटनाबाट उत्पन्न बिपत्तिको सामना गर्न सामूहिक हातोमालोको खा“चो हुन्छ । त्यसका लागि राज्यका निकायहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, सञ्चारमाध्यम, सामाजिक अगुवालगायतका समाजका सवै वर्गले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु अपरिहार्‍य छ । संकटका बेला सञ्चारमाध्यमको सक्रियता, प्रभावकारिता र सूचनाको सही सम्प्रेषणले पीडितको बास्तविक अवस्थालाई उजागर गर्दछ । यस्तो अवस्थामा कानुन र आचारसंहिताले बन्देज गरेको बाहेक सञ्चारकर्मीलाई स्वतन्त्रपूर्वक काम गर्ने बातावरण तयार गर्नु सचेत नागरिकको कर्तव्य हो ।
हाम्रा सहमती, असहमती र पीडालाई राज्यसमक्ष पुर्‍याउने सशक्त माध्यम सञ्चारकर्मी नै हुन् । अहिले बाढीपहिरो क्षेत्रमा मुलुकभरका सञ्चारकर्मीको आँखा परेकाले नै राज्यका सवै निकायलाई पनि एक प्रकारको दबाब परेको छ । अहिले सञ्चारकर्मीहरु धरै प्रकारका समस्या भोग्दै बाढीपहिरो क्षेत्रमा खटिरहेका छन् । यसै सिलसिलामा जन्मभुमि पोष्टका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य प्रितम गोलेमाथि सोमबार मेलम्चीमा दुर्व्यवहार भएको घटनाले हामीलाई गम्भिर बनाएको छ । गोलेले आफूलाई कुटपिट गरेको र क्यामेरा तोडफोड गरेको बताएका छन् । यस्ता घटनाले सञ्चारकर्मी हतोत्साही हुने मात्र होइन सही सूचना प्रबाहमा समेत अबरोध सिर्जना गर्दछ । सार्वजनिक स्थलमा भएका घटनाको सूचना संकलन गर्न पाउनु सञ्चारकर्मीलाई संविधानले दिएको अधिकार हो । कुन घटना समाचार हो, कुन होइन सञ्चारकर्मी आफैंले बुझ्ने विषय हो । तर सार्वजानिक स्थलमा भएका गतिविधिलाई लुकाउन खोज्दा तत्कालका लागि ठिक लागेपनि यो प्रवृत्तिको रुपमा विकास हुने खतरा रहन्छ । हो, पक्रकारले समाजको संवेदनशिलता र व्यत्तिगत पीडालाई सोही अनुसार बुझ्नुपर्छ । तर सूचना संकलन मै बन्देज लगाउने र हातपात गर्ने संस्कृतिको विकास गर्न खोज्नुलाई उचित भन्न सकिँदैन । तसर्थ गोलेमाथि भएको कुटपिट र सञ्चार साधनको तोडफोडको घटना छानबिनको माग गर्दछौं । बाढीपहिरोग्रस्त क्षेत्रको सूचना संकलन गर्न रातदिन खटिरहेका कुनै पनि सञ्चारकर्मीमाथि यस प्रकारको व्यवहार हुनु सञ्चारजगत असुरक्षित हुनु हो । डर, त्रास र सेल्फ–सेन्सरसीपको मनस्थितिमा सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । तसर्थ गोलेमाथिको घटनाको वास्तविकता सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न र सञ्चारसाधन तोडफोडको क्षतिपूर्ति दिलाउन प्रेस युनियन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछ । साथै यस्ता घटना दोहोरिन नदिने परिस्थिति बनाई बाढीग्रस्त क्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिन्छ ।

दुर्गा आचार्य
अध्यक्ष

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार