बर्खे बिकासको चरम लापरबाहीको नमुना-पहिरो रोक्न बनाएको प्लम डलान १ दिन मै ढल्यो

"पहिरो रोक्ला बाटो राम्रो होला भनेंको उल्टै भत्केर बाटो नै बन्द भयो"-स्थानीय

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आर्थिक वर्षको अन्तिम अन्तिम तिर कसरी सरकारी बजेटको दोहन हुन्छ भन्ने कुराको प्रमाण सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ३ को एउटा बर्खे बिकासको नमुनालाई हेर्न सकिन्छ । वडाको उर्नेली भिरमा पहिरो रोक्नका लागि भु तथा जलाधार कार्यालय सिन्धुपाल्चोकबाट परेको १५ लाख बजेटको चरम दुरुपयोग गर्न खोज्दा १ दिन नबित्दै भौतिक संरचना पहिरोले सखाप पारेका छन् ।

वर्षेणी पहिरो झरिरहने उर्नेली भिरमा पहिरो रोकथामका लागि भन्दै प्लम डलानको योजना परेको स्थानीय युवा तेजकुमार तामाङले बताए । तामाङका अनुसार प्लम डलानको कामको नियम अनुसार ६० प्रतिशत कंक्रीट र अरु ४० mm को गिट्टी हाल्नुपर्नेमा ९० प्रतिशत हिलो नै हिलो भएको जथाभावी साईजको ढुंगा र १० प्रतिशत जति मात्र कंक्रीट हालेकोले यस्तो भएको बताउँछन् । गुणस्तरहीन काम गरेर ३०% पनि बजेट खर्च नगरी ७०% बजेट खल्तीमा हाल्न खोज्दाको परिणाम प्रकृतिले नै देखाईदिएको उनको बुझाइ छ । तामाङले अति गुणस्तरहिन कार्य भएकोले कुनै पनि हालतमा भुक्तानी दिन नहुने र यदि मिलेमतोमा भुक्तानी लिएमा अख्तियारमा उजुरी हाल्ने चेतावनी दिएका छन् । उनका अनुसार सरकारी बजेट झ्वाम पार्न खोज्दा यस्तो भएको सुनाए ।

समितिका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले काम राम्रो नै गरेपनी पहिरोले यसरी क्षति पुर्याएकोले डुबेको दुखेसो पोखाए । उनका अनुसार योजनाको काम अघि बढाउन धेरै ऋण गरेर गरेको र योजना पास गराउने तरखरमा यस्तो विडम्बना आईपरेको सुनाउँछन् ।
वडा नं. ३ का अध्यक्ष बिरमान तामाङले समितिबाट अन्तिम भुक्तानीका लागि सिफारिस माग्न १८ गते शुक्रबार आएकोमा दिईपठाएको १ दिन पछि १९ गते शनिबार संरचना नै भत्किएको खबर सुनेको बताए । सो बजेट सिधै जिल्ला भु तथा जलाधार कार्यालयबाट परेकोले त्यहीँबाट आएको प्राविधिकहरुले निरीक्षण भएको जानकारी दिए ।

स्थानीयहरु यस्तो गुणस्तरीहिन कार्यलाई सुरुमै रोक्दा रोक्दै उल्टै बिरोध गर्यो भनेंपछि पछाडी हटेको बताउँछन् । स्थानीय लालकाजी तामाङ भन्छन्, “पहिरो रोक्ने गरि राम्रो काम गर्नु भन्दाभन्दै उल्टै पहिरोले मेरो खेत समेत पुर्न भ्यायो । उनको सँगै देव श्रेष्ठ र राम बहादुर श्रेष्ठको करिब २५ रोपनी खेतीयोग्य जग्गा कमाई गर्न नहुने गरि क्षति भएको सुनाए ।

यस विषयमा जन्मभूमि पोष्टले भु तथा जलाधार कार्यालय सिन्धुपाल्चोकमा पटकपटक सम्पर्क गर्दा फोन उठाएनन् । पहिरोले गर्दा अति आवश्यक सवारी साधन आवतजावतमा समस्या भएको छ । तेत्रो बजेटबाट अब पहिरो नियन्त्रण हुन्छ होला भनेंको झन उल्टै पल्टेर बाटो पुरै बन्द भएको सुनाउँछन् । गाउँको कोहि आकस्मिक बिरामी भए समस्या निम्तिने स्थानीयको गुनासो छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार