संधै विवादमा तानिने बलेफी पालिका अध्यक्ष क्षेत्रीलाई बहुमत सदस्यद्वारा असमर्थन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
पटकपटक विवादमा मुछिरहने सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाका अध्यक्ष केदार क्षेत्री पुनः विवादमा तानिएका छन् । पछिल्लो विवादको कारण आ.ब.२०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा उनि मात्र हावी भएपछी गाउँ कार्यपालिकाका बहुमत सदस्यले संयुक्त विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । कुल १६ जनप्रतिनिधि मध्ये १२ जनाले हस्ताक्षर गर्दै पालिका अध्यक्ष क्षेत्रीको बिरोधमा उत्रिएका हुन् ।
गाउँपालिकाको कार्यपालिका बैठकमा पालिका अध्यक्षले जनभावना विपरित निर्णय गर्न खोजेको भन्दै वडा अध्यक्ष तथा सदस्यहरुले बिरोध जनाएको हो ।

बिरोध जनाउने वडा अध्यक्षहरुमा वडा नं. २ का छविलाल न्यौपाने, ३ का बीरमान तामाङ, ४ का कालीप्रसाद लामा, ६ का चित्रबहादुर तामाङ, ७ का कार्केल लामा र ८ का चरिबहादुर तामाङ छन् । त्यस्तै कार्यपालिका सदस्य रिना तिमल्सिना, नैनाकुमारी तामाङ, बाबुकाजी भुजेल, शरद बि.क. चन्द्रमाया सार्की र इश्वरी भण्डारीले पनि बैठक बहिस्कार गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सदस्यहरूको प्रस्ताव र सुझावलाई वेवास्था गरि जनभावन विपरित भएकोले बैठक बहिस्कार गरेका छौं’, साथै आगामी बैठकमा न्यायोचित किसिमले सबै सदस्यहरूको प्रस्ताव तथा जनभावनानुसारको नीति तथा कार्यक्रम सबैको सहमतिमा प्रस्तुत नभएसम्म हामी असर्मथन गर्दै सम्पूर्ण पालिकावासीहरूको हित र न्यायको लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।’

संयुक्त जारी विज्ञप्ति;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार