किन मान्दैनन् काभ्रे प्रहरीले बाल विवाहको जाहेरी लिन ?

  प्रीतम कुमार तामाङ

काभ्रे, बनेपा
धुलिखेल नगरपालिका वडा नं. १ स्थित मितिनीछापमा बाल विवाह भएको १ महिना बितिसकेको छ । गत बैशाख २७ गते भएको बाल विवाहलाई रोक्न र आवश्यक कारबाहीका लागी स्थानीय देवि तामाङले नजिकैको ईलाका प्रहरी कार्यालय बनेपालाई ठाडो निवेदन पेश गराए । उक्त निवेदन पाउन साथ प्रहरीबाटै बाल विवाह भैरहेको विषय रोक्न निवेदन आएको र पक्राउ गर्न आउनुपर्ने भएपछि सुचना चुहाई विवाह मण्डपबाटै सबै भगाउन प्रहरी नै लागि परेको आरोप तामाङले लगाएका छन् । त्यसपछि पटकपटक सो विषयमा जाहेरी लिएर जाँदा ईलाक प्रहरी बनेपा र जिल्ला प्रहरी कार्यालय धुलिखेलले दर्ता गर्नुको साटो सास्ती दिँदै आएको जन्मभूमि पोष्टलाई जानकारी गराएका छन् ।

स्थानीय देवि तामाङ भन्छन् “बाल विवाह गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै कानुनको पालना गराउने प्रहरीले नै अनेक बहाना बनाई जाहेरी लिन आनकानी गर्दै आएको छ । कहिले जन्मदर्ता मगाएको छु, कहिले ईलाकाले हेर्छ भन्दै पन्छिन खोजेको छ । प्रहरीले त बाल विवाह गर्नेलाई हतोत्साहित गर्नु पर्नेमा उल्टै प्रोत्साहित गरेको भान भैरहेको छ ।” उनका अनुसार बाल विवाह गरिएको केटाको उमेर १६ र बालिकाको उमेर त्यो भन्दा पनि कम रहेको बताए ।

यस विषयमा हामीले काभ्रे प्रहरीलाई प्रश्न गर्दा यो विषय स्थानीय सरकारको न्यायपालिकाले हेर्ने गैरजिम्मेवार पुर्ण जवाफ पाए । यस्तैमा हामीले बाल विवाहको विषयलाई कहिले देखि स्थानीय सरकारले हेर्न थाल्यो भनेंर प्रतिप्रश्न गर्दा ईलाका प्रहरी बनेपाले हेरिरहेको भन्दै टाल्न खोजियो । काभ्रे प्रहरीले बाल विवाह जस्तो संवेदनशील विषयको जाहेरी समेत लिन नमान्नुले प्रचलित कानुनीकै उपहास त भएको छैन ? भन्ने प्रश्न उब्जिएको छ ।

युवा अधिवक्ता बिराज थापाका अनुसार बाल विवाहमा सामेल हुनेहरुलाई समेत कानुनी कारबाही हुने कानुनी व्यवस्था रहेको बताउनुभयो । बाल विवाह गर्नेलाई मात्र हैन त्यो विवाह गराउने परिवार देखि जन्तीमा गएकोलाई समेत मुद्दा लाग्छ, थापाले जानकारी दिनुभयो । त्यस्तै उनका अनुसार बाल विवाह गरेको व्यक्तिहरुले २० वर्ष नपुगुन्जेल सम्म नै जो कसैले पनि जाहेरी दिन मिल्ने कानुनी प्राबधान रहेको छ ।

बाल विवाह सम्बन्धि यस्तो छ कानुन;
मुलुकी अपराध संहिता, २०७४ को फौजदारी कार्यविधिको दफा १७३ को उपदफा १ अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । यसैको उपदफा २ मा १ बमोजिम कसैको विवाह भएमा स्वत: बदर हुने र उपदफा ३ मा १ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ वर्ष सम्मको कैद र ३० हजार सम्मको जरिबाना तोकिएको छ ।

(विवाह गरिएको नाबालकहरुको नाम समचारमा उल्लेख गर्न नमिल्ने भएकोले गोप्य राखिएको छ ।)

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार