काठमाडौं
जनजाती नेता एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता आङकाजी शेर्पाले बुधबार नेपाल सरकारले मधेस आन्दोलनका विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १२० रिहाई गर्ने निर्णयको बारेमा सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्नु भएको छ । उहाँका अनुसार रेशम चौधरी र लक्ष्मण चौधरीलाई जेलभित्र राखेर १२० जना रिहाई गरेकै भरमा ओलि सरकारलाई समर्थन गर्न नहुने अभिव्यक्ती दिनुभएको छ । आफ्नो फेसबुक संजालमा यसरी पोष्ट गर्नुभएको छ ;
आङकाजी शेर्पाको वालबाट जस्ताको त्यस्तै साभार गरिएको;
(१) रेशम चौधरी र लक्ष्मण थारूलाई
जेलमा राखेर ……
ओलीलाई समर्थन दिन हुदैन !
(२) टाउॅंको अडकाएर
पुच्छर छिराउने
समझौता स्वीकार्य छैन !
(३) माननीय रेशम चौधरीको
खुट्टामा लगाएको १० केजीको फलामे कडी
थारू नेता लक्ष्मण थारूको
हातमा लागेएको ३ केजीको हतकडीको
(४) चाबी खोलेर
निशर्त रिहा नभएसम्म
१२० बन्दी रिहाको कुनै अर्थ छैन !